काठमाण्डौ । इक्रा नेपालले यति डेभलपमेन्ट बैंकको हकप्रदलाई ‘आइपीओ ग्रेड फोर’को रेटिङ दिएको छ । 

यो बैंकले निश्कासन गर्ने भनेको ५० प्रतिशत हकप्रदलाई संस्थाको कमजोर आधारभूत पक्षलाई हेरेर यो ग्रेड प्रदान गरिएको हो । 

यति डेभलपमेन्ट बैंकले एकसय रुपैयाँ अंकित मूल्यको कुल ६९ लाख ३१ हजार १ सय ६७ कित्ता हकप्रद निश्कासन गर्न लागेको छ । 

एनसिएम मर्चेन्ट बैकिङ हकप्रद निश्कासन तथा व्यवस्थापनका लागि बिक्री प्रबन्धक तोकिएको छ । 

पछिल्लो कालमा यति डेभलपमेन्ट बैंकको अवस्था कमजोर बन्दै गएको छ । यसको कस्ट अफ फण्ड बढिरहेको छ भने अन्य सूचकहरु समेत निराशाजनक बन्दै गएका छन् । यो बैंकको खूद ब्याज आम्दानी पनि राम्रो छैन । बित्तीय सुशासन समेत यो बैंकमा राम्रो छैन । यही कारण इक्रा नेपालले आइपीओ ग्रेड फोरको रेटिङ दिएको हो । 

यति बैंकको हाल चुक्तापूँजी १ अर्ब ३८ करोड रहेको छ । चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा यो बैंकले १४ करोड ४१ लाख रुपैयाँ खूद नाफा आर्जन गरेको छ । ५० प्रतिशत हकप्रद निश्कासनपछि बैंकको चुक्तापूँजी २ अर्ब ७ करोडको उचाईमा पुुग्नेछ ।