१. तौल नियन्त्रणमा रहन्छ

यदि तपाईं तौल नियन्त्रणमा राख्न चाहनुहुन्छ भने बेलुकीको खाना चाँडै खानुहोस् । खाना खाएपछि केहीक्षण हिड्नुहोस् । जतिसुकै बढी खाना खानुहोस्, यस्तो तरिका अपनाउँने हो भने तौल बढ्दैन

२. छाति पोल्दैन

अधिकांश मानिसको खाना खाएपछि सिधै बेडमा जाने बानी हुन्छ । यसो गर्नाले स्वास्थ्य खराब हुन सक्छ र छाति पोल्ने समस्या आउन सक्छ । चाँडै खाना खानुहुन्छ भने यो समस्या आउँदैंन ।

३. अधिक उर्जा पाउँन सकिन्छ

बेलुकाको खाना अबेर खाने हो भने बिहानको नास्ता खान त्यति मन लाग्दैन, जसबाट दिनभर उर्जाको कमी हुन सक्छ । यसविपरित चाँडै खाना खाने हो भने बिहान नास्ता राम्ररी रुच्छ र शरीरले उर्जा पाउँछ ।

४. हल्का महसूस हुन्छ

यदि बेलुकाको खाना सही समयमा खाइन्छ भने अर्को दिन भोक लाग्छ र समयमै तपाईंले खाना खानुहुन्छ । रुटीनमा खाना खानाले पेट हल्का हुन्छ र ग्यासको समस्या पनि हुँदैंन ।

५. गहिरो निन्द्रा पर्छ

राति ढिला खाना खानाले निन्द्रा पनि ढिलै लाग्छ र निद्रा पूरै लाग्दैन । यसविपरित चाँडै खाना खानाले निद्रा नआउने समस्या केही हदसम्म कम गर्न सकिन्छ र यसबाट शरीरको चक्र पनि व्यवस्थित हुन्छ ।

६. पाचनका लागि बढी समय उपलब्ध हुन्छ

जति खाना खायो, उति नै पच्नुपनि पर्छ । खाना खाएपछि त्यसलाई पच्न समय लाग्छ । यदि चाँडै खाना खाने हो भने त्यसलाई पचाउने समय पनि पाइन्छ र यसबाट बिहान ताजा अनुभूति पनि हुन्छ । तर, ढिला खानाले रातभर सुतेपछि पनि पाचनप्रक्रिया चलिरहन्छ,  जुन स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

७. पेटको  रोग कम हुन्छ

सही समयमा खाना खानाले पूर्ण रुपमा पच्छ, यसबाट पेट सधैं सफा रहन्छ । पेट दुख्ने, ग्यास र अपचको समस्या पनि हुँदैंन । यसका अलावा छाला पनि चम्किलो हुन्छ ।

८. चाहेको खान सकिन्छ

चाँडै खाना खाँदा तपाईं आफैं निर्धारण गर्न सक्नुहुन्छ के–के खाने भनेर । यदि खाना खाएपछि डेजर्ट खान मन लाग्छ भने तपाईं आरामले खान सक्नुहुन्छ, किनकि खाना पहिले नै पचिसकेको हुनेछ ।

-Agency