काठमाण्डौ । कांग्रेस सभापति शेरबहादुर देउवा र पार्टीका नेता एवं गृहमन्त्री विमलेन्द्र निधिबीचको शीतयुद्ध छताछुल्ल हुने गरी भएको प्रहरी महानिरीक्षक नियुक्तिलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि कांग्रेस सभापति देउवा दु:खी भएको उहाँ निकट एक नेताले बताएका छन् ।

जयबहादुर चन्दलाई आइजीपी बनाउने निर्णय बदर भएपछि देउवा दुखी भएका हुन् । ती नेताका अनुसार दुई, तीन दिनदेखि सार्वोच्च अदालतबाट यस्तो फैसला आउँछ भन्ने कुरामा सभापति देउवा जानकार हुनुहुन्थ्यो ।

देउवाले प्रधानमन्त्रीलाई समेत चर्को दबाब दिएपछि गृहमन्त्री निधि अन्तत प्रहरी महानिरीक्षकमा चन्दलाई नै सिफरिस गर्न बाध्य भएका थिए । आइजीपी प्रकरणमा देउवा मुछिएपछि कांग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षसमेत असन्ुष्ट थियो । यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।