काठमाण्डौ । मोवाइल, कम्प्युटर, फ्रिज, कार र बाइक जस्ता वस्तुहरुको आविस्कारले मानिसको सोच मात्र बदलिदिएन, उनीहरुको काम गर्ने शैलीमा पनि ठूलो परिवर्तन ल्याइदियो । तपाईलाई थाहा छ, विश्वको पहिलो क्यामेरालाई उचाल्न मात्र १५ जना मानिस चाहिन्थ्यो । यस्तै पहिलो मोवाइल फोनको वजन कति थियो, पहिलोपटक बनाइएको रेफ्रिजेरेटर कस्तो देखिन्थ्यो होला ? आज तपाईलाई हामी  तस्विरको माध्यमबाट यस्ता केही खास आविस्कारको बिषयमा बताउन गइरहेका छौ । 

विश्वको पहिलो क्यामेरा
विश्वको पहिलो सबैभन्दा ठूलो क्यामेरा सन् १९०० मा फोटोग्राफर जर्ज लरेन्सले बनाएका थिए । यो क्यामेरा वाल्टेन रेल्वेको सबैभन्दा ठूलो रेलको फोटो खिच्नका लागि बनाइएको थियो । यो फोटोको साइज ८ गुणा ४.५ फिट रहेको थियो । यो क्यामेरालाई चलाउनका लागि १५ जना मानिसको आवश्यकता पथ्र्यो । त्यसबेला नै यो क्यामेराको मूल्य ५० हजार डलर थियो । 

बरफ बनाउने मेसिनबाट बनेको थियो फ्रिज
साइबे र ह्यारिसनले मिलेर बरफ बनाउने मेसिन बनाए र यसको पेटेन्ट समेत गराए । उनीहरुले यसको पेटेन्ट सन् १८५९ मा अस्ट्रेलियामा गराएका थिए । त्यसपछि यसको डिजाइनमा पनि परिवर्तन गरियो । यो मेसिनले कम्प्रेसनको मेथडबाट काम गर्दथ्यो । यो मेसिनले कुनै पनि केमिकल प्रयोग नगरी २ सय ग्यालेन नदीको पानीलाई बरफमा परिणत गर्ने क्षमता राख्थ्यो । बरफ जमाउनेवाला यो मेसिनलाई सन् १८६२ मा लण्डनमा इन्टरनेशनल एक्जीबिसनमा राखिएको थियो । फेरि बिस्तारै यसले रेफ्रिजेरेटरको रुप लियो । 

गेसोलिनले चल्थ्यो मोटरबाइक
सन् १८८५ मा विश्वको पहिलो बाइक बनेको थियो । गोट्लियव डेमलरले आफ्नो बाइकको पेटेन्ट समेत दर्ता गराएका थिए । उनैले विश्वको पहिलो सफल इन्टरनल कम्बस्टर इञ्जिन बनाएका थिए । यो बाइक गेसोलिनबाट चल्थ्यो । यसमा दुईवटा सिलिण्डर इञ्जिन हुन्थ्यो, जसको ग्यासबाट पावर प्राप्त हुन्थ्यो र मोटरसाइकल दौडन्थ्यो । यो बाइक काठबाट बनाइएको थियो । 

विश्वकै पहिलो साइकल
विश्वमै पहिलो साइकल जर्मनका बेरोन कर्ल डेसले बनाएका थिए । उनैले चलाएको साइकललाई नै विश्वकै पहिलो साइकल मानिएको छ । उनले सन् १८१७ मा यसको आविष्कार गरेका थिए । उनले १८१८ मा साइकलको पेटेन्ट गरेका थिए । 

विश्वको पहिलो कार
सन् १८८५ मा विश्वको पहिलो कारको डिजाइन कर्ल बेञ्जले गरेका मानिन्छ । उनलै पहिलो अपरेशनल मोडल समेत बनाएका थिए । उनले १८८६ मा यसको पेटेन्ट समेत दर्ता गराएका थिए । उनले सन् १९०६ मा आफ्नो पहिलो कारलाई म्यूनिकमा रहेको जर्मन म्यूजियमलाई दान दिएका थिए । सन् १९३६ मा कर्ल बेञ्जको  कारको तीनवटा कपी  बनाइयो । यो कपी मर्सिडिज बेञ्ज म्यूजियम, भियना म्यूजियम र ड्रेस्डेनको म्युजियमका लागि बनाइएको थियो । उनको कार २६५ किलोग्रामको थियो । उनको कारको स्पीड १६ किलोमिटर प्रतिघण्टा थियो । 

यस्तो  थियो टिभी
जोन बियर्डले विश्वको पहिलो टेलिभिजन सेट बनाएका थिए । स्कटल्याण्डका इञ्जिनियरले सन् १९२६ जनवरी २६ मा पहिलो पब्लिक्ली डेमोस्ट्रेट कलर टेलिभिजन सिस्टम बनाएका थिए । यसको इलेक्ट्रोनिक कलर टेलिभिजन पिक्चर ट्यूब पनि रहेको थियो । 

विश्वको  पहिलो कम्प्युटर
विश्वकै पहिलो मेकानिकल कम्प्युटर बनाउनका लागि चाल्र्स बेबेजले सन् १८३७ मा प्रस्ताव गरेका थिए, तर फण्डिङका कारण उनले यसलाई बनाउन पाएनन् । उनकै कान्छा छोरा हेनरी बेबेजले सन्  १९१० मा एक यस्तो मेसिन बनाए, जसले आधारभूत  क्यालकुलेसनको काम गर्न सक्थ्यो । सन् १९३६ मा मेसिन कम्प्युटर बनेको थियो । यो अहिलेको कम्प्युटर भन्दा बिल्कुलै भिन्न थियो । कम्प्युटर भन्ने शब्दको चाहि सन् १६१३ मै रेकर्ड गरिएको थियो । तर  त्यसबेला यो शब्दको प्रयोग मानिसहरु हिसाबकिताबका लागि गर्थे । 

यस्तो थियो पहिलो रोबोट
विश्वको पहिलो रोबोट सन् १८९३ मा बनेको थियो । यसको बिषयमा विस्तृत जानकारी छैन, यसलाई कसले बनाएको थियो भन्ने रेकर्ड पनि कहीँ छैन । तर यो मानिएको छ कि यसको प्रयोग पहिलो विश्वयुद्धमै गरिएको थियो । 

घोडाले तान्नुपथ्र्यो पहिलो रेललाई
तस्विरमा देखिएको वस्तु नै विश्वको पहिलो इञ्जिन ट्रेन हो । जसमा बसेर मानिसले यात्रा गरे । ‘अटलान्टिक’ लोकोमेटिव ट्रेनलाई पेन्सलभेनियामा सन् १८३२ मा फिनिस डेभिसले बनाएका थिए । यसभन्दा पहिला पनि इञ्जिनबिनाको टेन चाहि चल्थ्यो । तर इञ्जिनबिनाको टेनलाई घोडाले तान्थ्यो । यो टेनले बाल्टीमोरदेखि मेरिल्याण्डसम्«मको २० किलोमिटरको यात्रा तय गथ्र्यो । यो ट्रेनका लागि रेल्वे स्टेशन समेत बनाइएको थियो । ‘अटलान्टिक’ ट्रेन करिब ६० वर्षसम्म सेवामा रह्यो । 

काठबाट बनेको थियो कम्प्युटर माउस
अहिले तपाई जुन  कम्प्युटर माउस प्रयोग गर्नुहुन्छ, यो प्लाष्टिक वा फाइबरले बनेको हुन्छ । तर के तपाईलाई थाहा छ ? विश्वको पहिलो कम्प्युटर माउस काठबाट बनेको थियो । कम्प्युटरसँग कम्युनिकेट  गर्नका लागि प्रयोग हुने माउसलाई डगलस एञ्जलबार्टले सन् १९६० मा बनाएका थिए । उनले सन् १९७० मा  यसको  पेटेन्ट गराएका थिए । उनी माउस बनाउने एक रिसर्च केन्द्रमा काम गर्थे । 

एक केजीको थियो पहिलो मोवाइल
विश्वकै पहिलो मोवाइल मार्टिक कुपरले सन् १९७३ मा बनाएका हुन् । पहिलो मोवाइल ‘मोटोरोला डायना टिएस–८००० एक्स’ सन् १९८३ सम्म पनि कमर्सियल रुपमा पाइन्न थियो । यो मोवाइलको वजन करिब १ केजीको थियो । त्यसबेला यो मोवाइलको ब्याट्री १ घण्टासम्म चल्थ्यो । त्यसबेला यसको फोनबुकमा मात्र ३० वटा नम्बर सेभ हुन सक्थ्यो । यो फोनको प्रयोग सन् १९८७ मा ‘वाल स्ट्रीट’ नामको चलचित्रमा पहिलोपटक गरिएको थियो । 

यस्तो थियो विश्वको पहिलो फोन
एलेक्जेण्डर ग्राहमबेलले सन् १८७४ मा टेलिफोनको आविष्कार गरेका हुन् । उनले इलेक्ट्रिक स्पीकिङ टेलिफोनमा निकै वर्षदेखि काम गरिरहेका थिए । उनले सन् १८७६ मा यसको पेटेन्टका लागि दर्ता गराएका थिए । उनको यो खोजमा सहयोग थोमस वाट्सनले गरेका थिए । टेलिफोनमा दिइएको पहिलो ट्रान्समिट म्यासेज थियो–‘मिस्टर वाट्सन कम हेयर, आई वान्ट यू ।’

विश्वको पहिलो ब्याट्री
सन् १९३६ मा बग्दादमा पहिलोपटक ब्याट्री(सेल) बनेको थियो । माटोको जारमा कपर सिलिण्डर बनाई त्यहाँ आइरन रड लगाइयो । कपर सिलिण्डरलाई बन्द गरी एसफल्टले सिल गरियो, अनि ब्याट्री बन्यो । यो ब्याट्री १३.५ सेन्टिमिटरको थियो । 

विश्वको पहिलो कार दुर्घटना
विश्वकै पहिलो कार दुर्घटना सन् १८६९ मा वैज्ञानिक मेरी वार्डको भएको थियो । उनी त्यसबेला आफ्नो भतिजोले बनाएको कारमा यात्रा गरिरहेका थिए । दोश्रो दुर्घटना सन् १८९१ मा  इञ्जिनियर जेम्स लेम्सको भएको थियो । 

विश्वको पहिलो कागजी नोट
विश्वको पहिलो कागजी नोट चीनले बनाएको थियो । चीनको ट्याङ वंशले सातौं शताब्दीमा यो नोट प्रचलनमा ल्याएको थियो । यूरोपमा कागजी पैसाको अवधारणा १३ औं शताब्दीबाट आएको थियो । पेपर मनी ड्राफ्ट वा बिलको रुपमा आउथ्यो । 

विश्वको पहिलो रेडियो
विश्वको पहिलो रेडियो १९८६ मा इटालियन गुगलियमो मार्कोनिनले बनाएका थिए । उनले अमेरिकामा यसको पेटेन्ट पनि दर्ता गराएका थिए । रेडियोमा पहिलो ट्रान्समिसन सन् १९०६ मा क्रिसमसको दिन गरिएको थियो र उनले यो कार्यक्रममा भाषण दिएर भाइलिन बजाएका थिए । 

विश्वकै पहिलो कम्प्युटर भाइरस
विश्वको पहिलो कम्प्युटर भाइरस सन् १९८६ मा  पाकिस्तानी दाजुभाई फारुख अल्वी र फारुख अल्वीले विकास गरेका थिए । पहिलो कम्प्युटर भाइरसको नाम ब्रेन राखिएको थियो । उनीहरुले यो सफ्टवेयरलाई पाइरेसीका लागि बनाएका थिए । 

विश्वको पहिलो वेबसाइट
विश्वको पहिलो वेबसाइट वल्र्ड वाइड वेब(www) सन् १९९१ मा बनाइएको थियो । यसलाई बरनर्र्स लिले बनाएका थिए । 

विश्वकै पहिलो प्लेन
राइट दाजुभाइले पहिलो हवाइजहाज बनाएका थिए । यी दुई अमेरिकी भाईले सन् १९०३ मा पहिलो हावामा उड्ने प्लेन बनाएका थिए । 

विश्वको पहिलो हेलिकोप्टर
विश्वकै पहिलो VS-300
हेलिकोप्टर सन् १९३९ मा इगोर सिकोरस्कीले बनाएका थिए । उनले आफ्नो पहिलो फ्लाइट स्टेटफोर्डमा गरेका थिए । यसमा तीन ब्लेड थिए र यही अवधारणाबाट त्यसपछि आधुनिक हेलिकोप्टर बनेको मानिन्छ । 

सबैको फोटो हेर्न तल जानुहोस् ।