एजेन्सी । यो पटक अमेरिकी राष्ट्रपति निर्वाचनमा सबैभन्दा बढी रिपब्लिकन पार्टीका उम्मेद्वार डोनाल्ड ट्रम्प चर्चामा रहे । ट्रम्प अब त्यहाँका४५ औं राष्ट्रपति हुनेछन् । 

ट्रम्पको सफलता, संघर्षको कथा, उनको भनाई तथा भाषण, विवादास्पद अभिव्यक्ति अथवा निजी  जिन्दगीको कथा सबैलाई मिलाउने हो भने निकै मसलेदार र चाखलाग्दो कथा तयार हुन्छ । अमेरिकामा  मात्र होइन, आज पूरा विश्वले यो जान्न चाहिरहेको छ कि आखिर डोनाल्ड ट्रम्प  हुन् को ?

उसो भए आउनुहोस्, हामी बताउँछौ डोनाल्ड ट्रम्पको बिषयमा केही खास कुरा । 
डोनाल्ड ट्रम्प एक सफल अमेरिकी कारोबारी हुन् । उनीसँग अरबौं रुपैयाँ सम्पत्ति छ । न्यूयोर्कको निकै महंगो म्यानहन्ट इलाकामा उनको निकै धेरै जग्गाजमीन, महल र सम्पत्ति छ । सबै मिलाएर भन्ने हो भने उनी एक रइस अमेरिकीहुन् ।

अमेरिकी सपनाको एक प्रतिनिधि पात्र पनि हुन् डोनाल्ड ट्रम्प । तर चाखलाग्दो कुरा के भने अमेरिकामा मध्यमवर्गले समेत डोनाल्डलाई निकै मन पराउँछ, जब कि उनको कयौं नीति मात्र  धनीको फाइदाका लागि छ । कयौं देशका मानिस उनलाई विश्वको शान्ति  र सुरक्षामा खतरा मान्दै आएका छन् । 

डोनाल्ड ट्रम्पको जीवनयात्रा निकै चाखलाग्दो र उतारचढावले भरिपूर्ण छ । 

ट्रम्प सन् १९४६, जुन १४ मा न्यूयोर्कको क्वीन्स इलाकामा जन्मिएका थिए । सो क्षेत्र एक मध्यमवर्गका मानिसहरु बस्ने इलाका थियो । डोनाल्डका पिता  फ्रेडले रियलस्टेटको व्यापारमा निकै ठूलो सफलता पाएका थिए । सो क्रममा उनी निकै शानदार गाडीमा हिँड्थे । जसलाई चलाउनका लागि फ्रेडले चालक नै राखेका थिए । 

ट्रम्पकी आमा स्कटल्याण्डबाट अमेरिका पुगेकी थिइन् । ट्रम्पको घरमा अनुशासनको माहौल थियो । घरमा कसैलाई गाली गर्नु प्रतिबन्धित थियो । घरमा राम्रो पैसा र सम्पत्ति भए पनि फ्रेडले आफ्ना सबै बालबच्चालाई आत्मनिर्भर बन्न सिकाएका थिए । 

१९५९ मा जब ट्रम्प १३ बर्षका थिए, उनका पिताले घरमा स्वीचब्लेड नामको हतियार फेला पारे । छोरा नबिग्रियोस् भनेर ट्रम्प दम्पत्तिले छोरा डोनाल्डलाई पढ्नका लागि न्यूयोर्कस्थित सैनिक विद्यालय पठाइदिए । त्यहाँको माहौल थप कडा थियो । जहाँ अनुशासन र तन्दुरुस्तीप्रति निकै जोड दिइन्थ्यो । ट्रम्प त्यहाँबाट १९६४ मा निस्किए । त्यसपछि उनले फोडर्म युनिभरसिटीमा भर्ना  भए । यसको २  वर्षपछि अमेरिकाको निकै चर्चित  वार्टन विजिनेश स्कूलमा पढ्नका  लागि गए । 
कलेजको  पढाई पूरा गरेको ३ वर्षपछि डोनाल्ड ट्रम्प म्यानहन्ट  इलाकामा गएर बस्न थाले । सत्तरीको दशकमै आफ्ना  पिताबाट पैसा लिएर टम्पले निकै ठूलो घाटामा चलिरहेको कमोडोर होटललाई ७ करोड डलरमा खरीद गरे । 

उनले होटलको भवनको मर्मत गराए र १९८० मा होटललाई द ग्राण्ड हायातको नामबाट फेरि  संचालन गर्न थाले । ट्रम्पले खेलेको यो गेम निकै सफल पनि भयो । उनी रातारात करोडपति भए । 

१९८२  मा ट्रम्पले न्यूयोर्कमा टम्प टावर बनाए । यो  न्यूयोर्कको गन्न लायक महलमध्येको एक हो । भनिन्छ कि ट्रम्प टावर बनाउनका लागि पोल्याण्डबाट गैरकानूनी रुपमा आएका कामदार तथा मजदूरहरुको निकै ठूलो योगदान थियो । 
यो  यसकारण  पनि चाखलाग्दो छ कि आज डोनाल्ड ट्रम्प अरु देशबाट आउने आप्रवासीहरुको कडा स्वरमा विरोध गर्छन्, डोनाल्ड टम्प आजको मितिमा समेत यही महलमा बस्छन्   र यहीबाट आफ्नो कार्यसम्पादन गर्छन । 

असीको दशकमा सफल भए पनि ९० को दशकमा डोनाल्ड ट्रम्पलाई झट्का लाग्यो । सुरुवातको निजी जिन्दगी उथलपुथल  बन्यो । उनकी पत्नी  इवानालाई ट्रम्पको मार्ला  मेपल्स नामकी महिलासँग अफेयर रहेको खबर पुगेकोथियो । यो कुरा थाहा पाएपछि इवानाले ट्रम्पसँग सम्बन्धबिच्छेद गरिन् । यो क्रममा डोनाल्डले निकै ठूलो घाटा व्यहोर्नुपर्यो । 

९० को दशकमा आएको आर्थिक मन्दीको असरले डोनाल्ड ट्रम्पको रियल स्टेट विजिनेशले पनि निकै ठूलो नोक्सानी व्यहोर्नुपर्यो । 

उनको होटल ताज महल इन अटलान्टिक सिटीले स्वयम्लाई संकटग्रस्त घोषित गर्यो । यस्तै हाल सन् १९९२ मा टम्प प्लाजाको समेत भयो । यसबाट एक सफल कारोबारीको छवि निकै धूमिल पनि भयो । 

१९९७ मा डोनाल्ड ट्रम्प शानदार ढंगले विजिनेशमा पुनः सफल भएर फर्किए । उनले आफ्नो शानदार नाव एण्ड ट्रम्प एयरलाइन्स बिक्री गरिदिए । यसपछि उनले मिस युनिभर्स प्रतियोगिता तथा मिस यूएसए तथा मिस टिन यूएसएको फ्रेञ्चाइजी खरीद  गरे । मनोरञ्जनको दुनियाँमा ट्रम्पको यो पहिलो कदम थियो । 

सन् १९९९ मा ट्रम्पले राजनीतिमा पनि हात हाले । उनले रिफर्म पार्टी बनाए । डोनाल्डको उद्देश्य थियो कि सन् २००० मा रिफर्म पार्टी उनलाई राष्टपति पदका लागि आफ्नो उम्मेद्वार बनाओस् । 

डोनाल्डले भने कि उनी ओप्रा विन्फेलाई आफूसँगै उपराष्ट्रपतिको उम्मेद्वार बनाउन चाहन्छन् । तर रिफर्म पार्टीभित्रको अनेकन झगडाबाट अलग राखेर उनले चुनावी दौडबाट नै आफूलाई सन् २००० मै अलग गरिदिए ।

हालै डोनाल्ड ट्रम्पको एक अडियो सार्वजनिक भएको थियो, जसमा उनी महिलाहरुको बिषयमा अभद्र कुरा गरिरहेका सुनिन्थे । यो भिडियो एक टिभी शोको सुटिंगको दौरान खिचिएको थियो । 

यो टिभी शोको नाम द अप्रेन्टिस थियो । डोनाल्डले २००४ मा यो टिभी शोमा पनि काम गरेका थिए । यसमा ट्रम्पको कारोबारको दुनियाँको झलक देखाइएको थियो । 

सन् २००५, २३ मे मा आफ्नो दोश्रो विवाहको केही महिनापछि ट्रम्पले ट्रम्प युनिभरसिटी नामबाट एक संस्था स्थापना गरे । यसमा युवाहरुलाई ग्राजुएसन र पोस्ट ग्राजुएसन गराउने प्रस्ताव थियो । यसमा रियल स्टेटको कोर्समा विशेष जोड दिइएको थियो । 

करिब ५ वर्षपछि ट्रम्प युनिभरसिटीले विद्यार्थी ठगीको आरोप लाग्यो र सोही किसिमको उजुरी पनि पर्यो । सरकारले छानबिन गरेपछि सन् २०१० मा यो युनिभरसिटी बन्द गरियो । 

सन् २०१५ को डिसेम्बर ७ मा डोनाल्डले निकै विवादास्पद भाषण गरेका थिए । उनले साउथ क्यारोलिनामा भाषण गर्ने क्रममा मुसलमानहरुलाई अमेरिकाको ढोका पूर्ण रुपमा बन्द गरिदिनुपर्छ भनेका  थिए । साथै उनले अमेरिकामा भएका मुसलमानहरुमाथि पूर्ण रुपमा जाँचपड्ताल गर्नुपर्ने बताएका ििथए । यसबाट निकै ठूलो हंगामा मच्चिएको थियो । त्यही भनाईका  कारण आज पनि धेरै मानिसलाई लाग्छ कि टम्पको मुस्लिमविरोधी छवि दुनियाँकै लागि खतरनाक हुनसक्छ । 

आफ्नो तमाम विवादका बीच सन् २०१६ मा डोनाल्ड ट्रम्प अमेरिकाको निकै पुरानो पार्टी रिपब्लिकन  पार्टीका लागि राष्ट्रपति पदको उम्मेद्वार बन्न सफल भए । 
ट्रम्पले हिलारीलाई एक बिषालू उम्मेद्वारको आरोप लगाए भने मेक्सिकोको सीमामा एक पर्खाल बनाउने अभिव्यक्ति समेत दिएका थिए । 

पे्रेसिडेन्सियल डिबेट तथा राष्ट्रपति चुनावको बहसपछि डोनाल्ड टम्प चुनावी दौडमा हिलारी भन्दा पछाडि देखिएका थिए । तर माहौल एकाएक आफ्नो पक्षमा बनाई टम्पले ४५ औं राष्ट्रपति बन्ने शौभाग्य प्राप्त गरेका छन् । 

बीबीसीबाट अनुवादित