काठमाण्डौ । यामाहा मोटरसाइकल र स्कुटरका लागि नेपालको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले यामाहा स्कुटर टेस्ट राइड क्याम्पेनको विजेताको नाम घोषणा गरेको छ । 

टेकुस्थित यामाहा सोरुम डी एन्ड डी अटो लिंकमा टेस्ट राइड गरेका लक्ष्मण दानीले आइफोन ७ जितेका हुन् । हिमालय टेलिभिजनको कार्यक्रम ‘इभिनिङ सो एट ६’ गरिएको प्रत्यक्ष लकी ड्रमार्फत उनको नाम छानिएको हो । 

एक महिना संचालन भएको टेस्ट राइडमा स्कुटरप्रेमीहरुलाई यामाहा स्कुटरको टेस्ट राइड गर्न आह्वान गरिएको थियो । यसैबीच, एमएडब्लूूले आफ्नो ‘भ्यालेन्टाइन विक क्याम्पेन’को विजेताको नाम समेत सार्वजनिक गरेको छ । 

एक साता चलेको यो योजनामा जीवनकुमार मगर र रोमाञ्च डल्लाकोटीले गाइ लरोन्चे ह्यान्ड ब्याग, इश्वर रञ्जन थापाले गिर्गियो अर्मानी पफ्र्युम, सुनिल मानन्धरले बोस ओरेन्ज सनग्लास, लक्ष्मी कार्की र निलोफर प्रविणले टिसोन घडी र निनु माया गुरुङले गुच्ची पर्फुयम जित्न सफल भएका छन् । 

भाग्यशाली विजेताको नाम छनौट लक्की ड्रमार्फत गरिएको थियो, जसको प्रत्यक्ष प्रसारण यामाहाको फेसबुक पेजमा गरिएको थियो । 

विजेताहरुको नाम घोषणा गर्दै एमएडब्लु इन्टरप्राइजेजका सह–महाप्रबन्धक दिपकराज गिरीले यामाहाको ‘फेसनेबल्ली प्रिमियम स्कुटर क्याम्पेन’मा ग्राहकहरुको रोमाञ्चक उपस्थिति भएको बताए । ‘यो अभियानमा १२ सयभन्दा बढीले टेस्ट गर्नु भएको थियो । उहाँहरुको प्रतिक्रियाबाट हाम्रो हौसला बढेको छ,’ उनले भने, ‘विजेताहरुका लागि हामी धेरै खुसी छौं । यो अभियानमा सहभागी हुने र यसलाई सफल बनाउने सबैप्रति हामी आभारी व्यक्त गर्न चाहन्छौं ।’

एमएडब्लु इन्टरप्राइजेजले नेपाली बजारमा फेसिनो, रे जेडआर र रेजी गरी तीन मोडेलका स्कुटर उपलब्ध गराउँदै आएको छ । आफ्ना सेग्मेन्टमा यामाहा स्कुटरलाई प्रिमियम मानिन्छन् । साथै, नेपालमा यामाहा एफजेड–एस एफआई, एफजेड एफआई, आर १५, स्यालुटो, एसजीआरआर र प्राविधिक रुपमा उच्च स्तरीय आर३ उपलब्ध छन् । 

यामाहाका मोटरसाइकल र स्कुटरहरु प्याटेन्टेड ‘ब्लु कोर’ इन्जिनजडित छन् । यामाहाको आर १५ र एफजेडमा फ्युल इन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको छ जसले पर्फमेन्स बढाउनुका साथै इन्धन खपत घटाउँछ र यसैले गर्दा यामाहाका बाइकहरुमा माइलेज बढी पाइन्छ ।