मोबाइल सेवाको लागि नेपाल टेलिकमले कुन कुन बिलिङ प्रक्रिया अपनाएको छ?

नेपाल टेलिकमले मोबाइल सेवाको लागि प्रिपेड र पोस्ट पेड गरी दुईवटा बिलिङ प्रक्रिया अपनाएको छ।

प्रिपेड र पोस्ट पेड बिलिङ प्रक्रियामा के फरक छ?

पेड बिलिङ प्रक्रिया अन्तर्गत तपाईँले कल गर्नुभएको समयमा नै कुल बिल रकम हिसाब गरी तपाईँको ब्यालेन्स रकमबाट कट्टा गरिन्छ। पोस्ट पेड बिलिङ प्रक्रिया अन्तर्गत तपाईँले गर्नु भएको प्रत्येक कल बराबरको रकमलाई Unbilled Amount को रुपमा लेखांकन गरिन्छ र  महिनाको अन्त्य (सामान्यतया प्रत्येक अंग्रेजी महिनाको १५ तारिख मध्य रात) मा मात्र बिल तयार गरिन्छ।

Unpaid Bill भन्नाले के बुझिन्छ?

ल तयार भैसकेको तर तपाईँले भुक्तानी गर्न बाँकी रकमलाई Unpaid Bill भनिन्छ। उदाहरणको लागि December 22 मा 9851000000 नम्बरको Unpaid Bill रु. 1425 छ भन्नाले यस ग्राहकले December 14 सम्मको (मंसिर महिना वा सो भन्दा अधिको) बिल मध्ये रु. 1425 भुक्तानी गर्न बाँकी छ भन्ने बुझाउँछ।

Unbilled Amount भन्नाले के बुझिन्छ?

स्टपेड नम्बरको महिनाभरको प्रयोगको आधारमा महिनाको अन्त्यमा बिल तयार गरिने भए पनि सिस्टमले हरेक कल पश्चात उक्त कल बापत लाग्ने रकमको हिसाब गरिरहेको हुन्छ। यसरी बिल तयार गर्न बाँकी रहेको तर ग्राहकले चालु महिनामा गरेको सेवा उपभोग बापतको रकमलाई Unbilled Amount भनिन्छ। उदाहरणको लागि December 22 मा 9851000000 नम्बरको Unbilled Amount रु. 248 छ भन्नाले यस ग्राहकले December 15  (December 14 को बिल तयार भए पश्चात) भन्दा पछि December 22 सम्म उपभोग गरेको सेवा बापत तिर्नु पर्ने रकम रु. 248 छ भन्ने बुझाउँदछ। यस्तो महिनाभरको Unbilled Amount को आधारमा पुष महिनाको अन्त्यमा (January 15) मा Processing गरी बिल तयार गरिन्छ।

Due Amount भन्नाले के बुझिन्छ?

वा प्रयोग गरेबापत ग्राहकले बुझाउन बाँकी रकमलाई Due Amount भनिन्छ। Due Amount भनेको Unpaid Bill र Unbilled Amount को योगफल हो। उदाहरणको लागि माथिको 9851000000 नम्बरको ग्राहको December 22 को दिनमा Due Amount रु. 1673 (रु. 1425 ‌+ रु. 248) हुन्छ।

Credit Limit भन्नाले के बुझिन्छ?

पोस्टपेड नम्बरमा उपलब्ध हुने कल गर्न पाउने अधिकतम सीमा नै Credit Limit हो। सामान्यतया यस्तो रकम ग्राहकले नयाँ नम्बर लिँदा Credit Limit बापत बुझाएको रकमसँग बराबर हुन्छ। जस्तै हाल नयाँ पोस्टपेड नम्बर लिँदा स्वामित्व कर बापतको रु. 1000, भ्याट बापतको रु. 130 र क्रेडिट लिमिट बापतको रु. 380 गरी जम्मा रु. 1510 लाग्दछ। स्वामित्व कर र भ्याट बापतको रकम सरकारी कोषमा जम्मा हुन्छ भने रु. 380 रकम तपाईँले सेवा प्रयोग गर्न पाउने गरी कायम रहन्छ। यो रु. 380 नै तपाईँको क्रेडिट लिमिट हो। नयाँ पोस्टपेड लिँदा लाग्ने शूल्कमा समय सापेक्ष परिमार्जन हुँदै आएकोले विभिन्न ग्राहकहरुको क्रेडिट लिमिट पनि फरक फरक हुने गर्दछ।

Deposit भन्नाले के बुझिन्छ?

विगतमा पोस्टपेड मोबाइल जडान गर्दा वा Roaming/ISD जस्ता सेवा थप गर्दा सुरक्षणबापत ग्राहकबाट लिइएको रकमलाई धरौटी (Deposit) भन्ने गरिएको थियो। हाल यस्तो रकमलाई ग्राहकले कल गर्न पाउने सीमाको रुपमा प्रयोग गरिएकोले धरौटीको सट्टा Credit Limit को रुपमा कायम गरिएको छ।

Advance भन्नाले के बुझिन्छ?

हकले अघिल्लो महिनासम्मको बिल (Unpaid Bill) रकम भन्दा बढी रकम भुक्तानी गरेमा यस्तो रकमलाई Advance भनिन्छ। यस्तो Advance रकम पछिल्लो महिनाको बिल तयार भएपश्चात बिल रकममा स्वतः समायोजन गरिन्छ।

Remaining Credit वा Available Credit भन्नाले के बुझिन्छ?

कुनै समयमा ग्राहकले थप रिचार्ज नगरी कल गर्न पाउने सिमालाई Remaining Credit वा Available Credit भनिन्छ । उदाहरणको लागि 9851000000 को पुस १२ गते Remaining Credit रु. 250 छ भन्नुको अर्थ ग्राहकले थप रिचार्ज नगरी रु. 250 बराबरको सेवा उपभोग गर्न सक्दछ। उक्त रकम सकिएपछि यस नम्बरमा Outgoing सेवा स्वतः बन्द हुन्छ। अर्को शब्दमा भन्नुपर्दा Remaining Credit वा Available Credit भन्नाले तपाईँको Credit Limit मा तपाईँले तिर्नुभएको Advance रकम जोडी तिर्न बाँकी रकम घटाउँदा आउने रकम हो। (Remaining Credit = Credit Limit + Advance – Due Amount)

पोस्टपेड मोबाइलमा महिनाको अन्त्यमा बिल हुने भएता पनि महिनाको बिचमा पनि किन लाइन काटिन्छ त?

नै पनि समयमा तपाईँको Available Credit Limit शून्य वा सो भन्दा कम हुन गएको अवस्थामा लाइन काटिन्छ।

पोस्टपेड मोबाइलमा Rental (न्यूनतम महशुल)भनेको के हो र यो कति रकमको हुन्छ? पोस्टपेड मोबाइल प्रयोगकर्ताले नेपाल टेलिकमको सेवा प्रयोग गरे बापत मासिक रुपमा तिर्नु पर्ने न्यूनतम रकमनै Rental (न्यूनतम महशुल) हो। रु. 300 न्यूनतम महशुल बुझाउने ग्राहकहरुको लागि रु. 300 बराबरकै सेवा र रु. 900 न्यूनतम महशुल बुझाउने ग्राहकहरुको लागि रु. 500 बरावरको कल र 2GB डाटा बराबरको छुट नेपाल टेलिकमले उपलब्ध गराउँदै आएको छ।

मैले मेरो पोस्टपेड मोबाइलको मासिक बिल कहाँबाट कसरी प्राप्त गर्न सक्दछु?

तपाईंले नेपाल टेलिकमका ग्राहक सेवा केन्द्रहरुबाट पोस्टपेड मोबाईलको मासिक बिल प्राप्त गर्न सक्नुहुन्छ। नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np  मा भएको Online Mobile Bill भन्ने लिंकमा गई आवश्यक बिबरण इन्ट्री गरेर मासिक बिल हेर्न सकिन्छ। यस्तै १४१५ मा कल गरी प्राप्त हुने ध्वनि निर्देशन अनुसार गरेर वा Bill*YYMM लेखेर १४१५ मा SMS पठाएर पनि मासिक बिल रकमको जानकारी प्राप्त गर्न सकिन्छ। यहाँ YY भन्नाले साल र MM भन्नाले महिना लेख्नु पर्दछ। उदाहरणको लागि २०७३ साल मंसिर महिनाको बिल रकम थाहा पाउनको लागि Bill*7308 लेखेर १४१५ मा SMS पठाउनु पर्दछ।

मैले मेरो पोस्टपेड मोबाइलको हालसम्मको Remaining Credit र Due Amount को जानकारी कसरी प्राप्त गर्न सक्दछु?

तपाईंले आफ्नो पोस्टपेड मोबाइलबाट *400#  डायल गरेर वा १४१५ मा कल गरी प्राप्त हुने ध्वनि निर्देशन अनुसार गरेर वा CB लेखेर १४१५ नम्बरमा SMS पठाएर Remaining Credit र Due Amount को बारेमा जानकारी प्राप्त गर्न सक्नुहुन्छ। यसबाहेक Mobile Customer Support को टेलिफोन नम्बर १४९८ मा कल गरेर वा नजिकको नेपाल टेलिकमका ग्राहक सेवा केन्द्रमा सम्पर्क राखेर पनि Remaining Credit र Due Amount को जानकारी प्राप्त गर्न सकिन्छ।

मेरो पोस्टपेड मोबाइलमा “Dear Customer, Your due amount is Rs 2578.76, and remaining credit is Rs 586.03”  भन्ने message आएको छ। यो message ले भनेको के हो मैले कुन महिनाको कति रकम तिर्नुपर्ने बाँकी छ भन्ने कसरी बुझ्ने?

तपाईंले *400# डायल गर्नुभएमा वा CB लेखेर १४१५ नम्बरमा SMS पठाउनुभएमा वा Remaining Credit सकिन लागेको अवस्थामा स्वतः १४१५ नम्बरबाट तपाईंलाई यस्तो message प्राप्त हुने गर्दछ। यस्तो Message मा उल्लेखित Due Amount ले SMS पठाएको मिति सम्ममा तपाईंले सेवा उपभोग गरिसक्नु भएको तर तिर्न बाँकी रकम बुझाउँछ भने Remaining Credit ले तपाईँले यसपश्चात थप रिचार्ज नगरी सेवा उपभोग गर्न उपलब्ध हुने रकमलाई बुझाउँछ।  माथिको उदाहरणमा Rs 2578.76 हालसम्मको तिर्न बाँकी रकम हो भने Rs 586.03 तपाईंले थप उपभोग गर्न सक्ने रकम हो। Due Amount मा अघिल्लो महिना सम्मको तिर्न बाँकी बिल (Unpaid Bill) र यस महिनाको खर्च (Unbilled Amount) दुबै जोडिएको हुन्छ। यही Message को आधारमा मात्र कति रकम अघिल्लो महिना सम्मको बाँकी हो र कति रकम यो महिनाको खर्च हो भन्ने छुट्ट्याउन सकिँदैन।

मैले पोस्टपेड मोबाइलमा रिचार्ज गरें तर बन्द भएको लाईन खुलेन किन होला?

तपाईंले गर्नुभएको रिचार्ज नै सफल नभएको वा रिचार्ज गरेको रकम पर्याप्त नभएकोले रिचार्ज भएपश्चात पनि Remaining Credit धनात्मक (Positive) नभएको भएमा लाइन नखुल्ने हुन सक्दछ। Recharge भए नभएको र Remaining Credit को अवस्था चेक गर्नुहोस् वा सहयोगको लागि Mobile Customer Support को टेलिफोन नम्बर १४९८ मा सम्पर्क राख्नुहोस्।

मैले पोस्टपेड मोबाइलमा रिचार्ज गरें तर Due Amount घटेन किन होला?

ue Amount अन्तर्गत Unpaid Bill र Unbilled Amount गरी दुई किसिमका रकम समावेश भएका हुन्छन्। यदि तपाईंको अघिल्लो महिनासम्मको बिल तिर्न बाँकी (Unpaid Bill) छ भने तपाईंले गर्नुभएको रिचार्ज रकम बराबर Due Amount घट्दछ। तर तपाईंको नम्बरमा Unpaid Bill बाँकी छैन भने तपाईंको Due amount घट्दैन र रिचार्ज गरेको रकम Advance को रुपमा जम्मा हुन्छ र तपाईँको Remaining Credit बढ्दछ ।

मेरो पोस्टपेड मोबाइलमा एकैचोटी धेरै अंकले Due amount बढ्यो/Remaining Credit घट्यो किन होला?

तपाईंको पोस्टपेड मोबाइलमा Due Amount बढ्ने वा Remaining Credit घट्ने दुईवटा कारण हुन सक्दछ। पहिलो – तपाईंले प्रयोग गर्नुभएको सेवा (Usages) बढेमा यसको कारणले Unbilled Amount बढ्दछ जसले गर्दा Due Amount बढ्दछ र Remaining Credit घट्दछ। दोस्रो - महिनाको अन्त्यमा बिल तयार गर्दा मासिक न्यूनतम महशुल (Monthly Rental) समायोजन गरिने भएकोले यस अवधिमा केही ग्राहकको Due Amount बढ्दछ। खासगरी Monthly Rental Amount भन्दा बढी खर्च गर्ने ग्राहकको बिल बन्नु भन्दा अघि र पछि Due/Remaining Credit मा केही फरक देखिँदैन भने Monthly Rental Amount भन्दा कम खर्च गर्ने ग्राहकको हकमा Due Amount बढ्दछ भने Remaining Credit घट्दछ।