काठमाण्डौ । विश्वकै सबैभन्दा ठूलो सफ्टवेयर कम्पनी माइक्रोसफ्टका संस्थापक बिल गेट्सको नाम नजान्ने कोही नहोला । तपाईंले विभिन्न मिडियाहरुमार्फत बेल गेट्सको नाम निकै सुनेको वा पढेको हुनुपर्छ । तर आज तपाईंलाई हामी विश्वकै धनी बिल गेट्सको २० फोटोहरुको माध्यमबाट उनको जीवनयात्राको सचित्र जानकारी दिन गइरहेका छौ । बिल गेट्सका छानिएका यति धेरै फोटोहरु तपाईंले अहिलेसम्म एकसाथ देख्न पाउनुभएको थिएन होला । यी फोटोमार्फत तपाई हेर्न सक्नुहून्छ कि ः बिल गेट्स कसरी स्कूल जान्थे, कलेज पढ्दा उनी कस्ता थिए । स्कूले जीवनमा छँदा ४ हजार २ सय डलर कमाउने एउटा बच्चा आज कसरी ५.२२ लाख करोड डलरको मालिक बने भन्ने पनि फोटोमै देख्न सक्नुहुन्छ । 

स्कूले जीवनदेखि नै सफ्टवेयर बनाउने काममा बिल गेट्स लागेका थिए । स्कूलमै सफ्टवेयर बनाएर उनले सो बेला ४ हजार २ सय अमेरिकी डलर कमाएका थिए । गेट्सले आफ्ना एक स्कूलका शिक्षकसँग भनेका थिए कि उनी केवल ३० वर्षको उमेरमा करोडपति बन्नेछन् । नभन्दै उनी ३२ वर्षको उमेरमा करोडपति भएका थिए । लगातार १६ वर्षसम्म गेट्स विश्वकै अर्बपतिको सूचिको अग्रस्थान रहिरहे । २८ वर्षको उमेरमा उनले ६७० करोड रुपैयाँ बराबरको दान गरेका थिए । बिल गेट्सको अहिलेको कुल सम्पत्ति करिब ५.२२ लाख करोड डलर रहेको छ । 

बिल गेट्सका बच्चादेखि अहिलेसम्मका दुर्लभ तस्विरहरु तल राखिएका छन्, सबैमा क्लिक गरेर हेर्न सक्नुहुनेछ ।