काठमाण्डौ । जतिसुकै ठूलो फाइभ स्टार होटलमा पनि केही हजार रुपैयाँ तिरेपछि भनेजस्तो खाना खान पाइन्छ । तर पूरा खानाको कुरा छाडिदिनुहोस्, कुनै निश्चित फूड आइटमको दाम नै लाखौं रुपैयाँ पर्छ भन्दा तपार्इंलाई पत्यार नलाग्न सक्छ । हामीले यहाँ जुन फूड आइटमको कुरा गर्न खोजिरहेका छौं, त्यसको दाम नै लाखौं रुपैयाँ रहेको छ । यस्तो फूड आइटम तपाईले जहीँत्यहीँ पाउनुहुन्न । यस्तो खानाको स्वाद चाख्ने समेत खास र निश्चित व्यक्ति मात्र हुन्छन् । यस्तो फल खान गोजीभरि पैसा हुनेहरुले मात्र सक्छन्, निकै धनी वर्गले मात्र । ‘द रिचेस्ट’ले प्रकाशित गरेको एक रिपोर्टका अनुसार विश्वकै सबैभन्दा महंगो फूड आइटम यसप्रकार छन् :

१.सेतो इटालियन च्याऊ
मूल्य : १ करोड ७० लाख रुपैयाँ 

च्याउबाट बनाइएको आइटम अरुभन्दा महंगै पर्छ भन्ने प्राय सबैलाई नै थाहा हुन्छ । तर यो च्याउको मूल्य यति धेरै छ कि यो खरीद गर्ने पैसाले तपाईले निकै सुविधासम्पन्न कार वा बंगला नै खरीद गर्न सक्नुहुन्छ, तपाईंले सायद यस्तो कुरा पत्याउनु पनि हुन्न होला । तर अचम्म नमान्नुहोस्, यति धेरै महंगो भएर पनि यो च्याउ खरीद गर्ने मानिसहरुको कुनै कमी छैन संसारमा । १.५ किलोग्रामको सेतो इटालियन च्याउको मूल्य नेपाली १ करोड ७० लाख रुपैयाँ पर्छ । हङकङको रिटेल मार्केटमा यस्तो च्याउ राम्रैसँग बिक्री हुने गरेको छ । 

२. अलमास केवियर
मूल्य : २६ लाख ५० हजार रुपैयाँ


केवियर माछाको अण्डालाई भनिन्छ । माछाको अण्डा सदियौंदेखि नै महंगो फूड आइटममै गनिँदै आएको छ । अलमास केवियर इरानको एक दुर्लभ खाना हो । माछाको यो दुर्लभ अण्डा केवल लण्डनको केवियर हाउस एण्ड प्रूनियरमै मात्र पाइन्छ । स्टोरबाट यो अण्डा किलोग्रामको हिसाबले बिक्री हुन्छ, यो अण्डालाई २४ क्यारेट सुनको टिनमा प्याक गरिन्छ । यसको मूल्य नेपाली २६ लाख ५० हजार रुपैयाँ हो । यदि तपाईं यसको टेस्ट मात्र गर्ने चाहना राख्नुहुन्छ भने १ लाख ३२ हजार रुपैयाँमा सानो टिन खरीद गर्नुपर्ने हुन्छ । 

३.युबुरी खरबूजा
मूल्य : २४ लाख रुपैयाँ


यो कुनै सामान्य खरबूजा होइन । आफ्नो स्वादिष्टपन र आकारका कारण यसको माग अन्तराष्ट्रिय बजारमा उच्च छ । मागको तुलनामा यसको उत्पादन चाहि निकै कम हुन्छ । यही कारण यो खरबूजालाई कहिलेकाही त लिलामीमै राख्नुपर्ने हुन्छ । यति महंगो खरबूजा जापाको एउटा सानो शहर युबुरीमा उत्पादन हुने गरेको छ । सन् २००८ मा युबुरीबाट विश्वबजारमा १ सय खरबूजा बिक्रीका लागि निकालिएको थियो, तर अधिक माग भएका कारण यसलाई बिक्रेताले लिलामीमै राख्नुपर्यो । एक व्यापारीले लिलामीमा राखिएको यो खरबूजालाई २४ लाख नेपाली रुपैयाँमा खरीद गरेका थिए । 

४.कालो डेनसुक खरबूजा
मूल्य : ६ लाख ४० हजार रुपैयाँ


कालो खरबूजा धेरै नै दुर्लभ प्रजातिको फल हो । यसमा पनि यसको डेनसुक भेराइटी अति नै दुर्लभ हुन्छ । यो भेराइटीलाई केवल जापानको होकाइडो द्वीपमा उत्पादन गर्न सकिन्छ । एक सिजनमा केही दर्जन खरबूजा मात्र उत्पादन हुनसक्छ । यो खरबूजा बाहिरबाट निकै कडा, तर भित्र चाहि निकै स्वादिष्ट र नरम हुन्छ । यसको मिठास विश्वमै अन्य चिजको मिठास भन्दा उत्कृष्ट हुने यो फल खानेहरु दाबी गर्छन् । १७ पाउण्ड तौलको एक डेनसुक खरबूजा हालसम्म ६ लाख ४० हजार नेपाली रुपैयाँमा बिक्री भइसकेको छ । 

५.पिज्जा रोयल २००७
मूल्य : ४ लाख ४८ हजार रुपैयाँ


डोमानिका कोरोला नामको विश्वचर्चित रेष्टुराँमा बनाइएको पिज्जा रोयल २००७ अहिलेसम्मकै सबैभन्दा महंगो  पिज्जा मात्र होइन, विश्वकै सबैभन्दा महंगो फूड आइटम पनि हो । महंगो कोगनेक नामको वाइनमा पकाइएको गंगटा, स्याम्पेनमा माछाको अण्डा, सेलमन माछाको पोलेको अचार बाहेक यसमा २४ क्यारेटको सुनको गुच्छा समेत राखिएको हुन्छ । तर नझुक्किनुहोस् सुनबाट बनेको सुनको गुच्छा घर लैजान होइन, खानका लागि हो ।