काठमाण्डौ । यदि तपाईं विजिनेश सुरु गर्न गइरहनुभएको छ भने र कसैले तपाईलाई पुस्तक पढ्नुहोस् भन्यो भने अनौठो लाग्ला । अधिकांश सफल कारोबारी वा सीइओले कुनै कलेज वा स्कूलबाट विजिनेशको सूत्र सिकेर आएका हुँदैनन् । कुनै एउटा मात्र पुस्तकले पूर्ण रुपमा विजिनेश सिकाउन पनि सक्दैन । तर, कुनै पुस्तक यस्ता छन्, जसलाई विजिनेश सुरु गर्नुभन्दा पहिला एकपटक पढ्न आवश्यक हुन्छ । यी यस्ता पुस्तक हुन् जसले तपाईंलाई विजिनेशमा मद्धत गर्छन् ।

यदि तपाईंले जागिर छाडेर विजिनेश सुरु गर्न गइरहनुभएको छ वा सुरुवातमै आफ्नै विजिनेश सुरु गर्न गइरहनुभएको छ भने यी पुस्तकले तपाईंलाई अनुभव, टिप्स, स्मार्ट सूचना, के गर्नहुन्छ, के गर्नुहुँदैन आदिको बारेमा जानकारी दिनेछन् । आउनुहोस्, यस्तै १० किताबको बिषयमा चर्चा गरौं । यी किताब नेपालका राम्रो बुक स्टोरदेखि लिएर अनलाइनमार्फत पनि अर्डर गर्न सकिन्छ । 

पुस्तक : विल इट फ्लाई
लेखक : थोमस के. मेकनाइट


यदि तपाई नयाँ विजिनेश आइडियाको बिषयमा सोचिरहनुभएको छ भने यो पुस्तक एकपटक समय निकालेर अवश्य पढ्नुहोस् । मेकनाइटले यो किताबमा आफ्नो अनुभवको आधारमा ४४ बुँदाको चेकलिस्ट बनाएका छन्, जसलाई तपाई आफ्नो नयाँ विजिनेश आइडियाको मूल्यांकन गर्नका लागि मद्धत मिल्छ । यो पुस्तक तपाईलाई तत्कालीन विजिनेश रणनीतिदेखि लिएर पर्सनल विजिनेश एटिच्यूटको आँकलन गर्न सहायक हुनेछ । यो पुस्तकमा दिइएको टिप्सबाट तपार्इंले सफल विजिनेशको एक स्पष्ट अवधारणा पाउनुहुनेछ ।

पुस्तक : लक्की अर स्मार्ट
लेखक : बो पीबोडी


बो पीबोडी २० औैं शताब्दीको अन्ततिर इन्टरनेटका मल्टिमिलियनेयर थिए । उनी विभिन्न स्थानका पाँच कम्पनीका को–फाउण्डर पनि थिए । आफ्नो पुस्तकमा उनले विजिनेशमा कसरी आफ्नो प्रतिभा र भाग्यले एकसाथ काम गर्छ भन्ने कुरा व्याख्या गरेका छन् । पीबोडीले यो भनेका छन् कि भाग्यमानी हुनका लागि उनी अझै कम स्मार्ट  छन् । त्यसपछि उनी यसको गहिराईमा गए । उनले पुस्तकको माध्यमबाट बताएका छन् कि कसरी एकैखालको सोचाई समेत तपाईका लागि हितकारी हुन्छ । 

पुस्तक : द फायर स्टार्टर सेसन्स
लेखक : डानियल लापोर्टे


व्यवसायलाई लिएर तपाईको मनमा बेचैनी छ भने तपाई डानियल लापोर्टेको द फायर स्टार्टर सेसन्स पुस्तक पढ्नुहोस् । यो पुस्तकले तपाईंलाई सही निर्णय लिन र राम्रो ढंगले विजिनेश अगाडि बढाउन निकै ठूलो सहयोग पुर्याउँछ । निकै उत्कृष्ट ढंगले लेखिएको किताबमा यस्ता प्रेरणादायी विशेषता छन्, जुन तपाईंको स्टार्टअपका लागि एक्सन लिन सहायक हुन्छन् । यदि तपाईं आफ्नो व्यवसायिक यात्रा सफल बनाउन चाहनुहुन्छ भने थोरै समय निकालेर अवश्य यो पुस्तक पढ्नुहोस् । 

पुस्तक : मिलियन डलर कन्सल्टिङ
लेखक : एलन वेइस


यो पुस्तकलाई विजिनेश सर्कलमा ‘कन्सल्टेन्टको बाइबल’ उपमा दिइएको छ । यदि तपाई आफूलाई ठूला कर्पोेरेट एग्जीक्यूटिभ्समा सामेल गराउने चाहना राख्नुहुन्छ भने तपाईंका लागि यो उत्कृष्ट पुस्तक बन्नसक्छ । यो पुस्तकमा कार्यालय स्थापनादेखि कर्मचारी राख्नेसम्मको आधारभूत कुराहरु बताइएको छ । साथै, यो पुस्तकमा प्रभावकारी नेटवर्किङ र प्राइसिङ रणनीतिको बिषयमा समेत उत्कृष्ट व्याख्या गरिएको छ । 

पुस्तक : स्टार्ट, रन एण्ड ग्रो अ सक्सेसफूल स्मल विजिनेश
लेखकः टुलकिट मिडिया ग्रुप


सानो व्यवसाय सफल बनाउनका लागि यो पुस्तक एक उत्कृष्ट स्रोत हो । यो किताबले तपाईंलाई विजिनेश सुरु गर्ने पूरा प्रक्रियाको बिषयमा जानकारी दिन्छ । किताबमा कसरी योजना बनाउने, लेखा व्यवस्थापन, कर्मचारी व्यवस्थापन, केस स्टडी तथा नमूना विजिनेश प्लान समेत दिएर विस्तृत व्याख्या गरिएको छ । यो पुस्तकले तपाईलाई विजिनेश सुरु गर्न तथा अघि बढाउनका लागि सहयोग गर्छ । यो किताबको माध्यमबाट विजिनेशका धेरै बिषयहरुमा तपाईलाई स्पष्ट ज्ञान प्राप्त हुन्छ । 

पुस्तक : बेयरफूट एग्जीक्यूटिभ
लेखक : केरी विल्करसन


यो पुस्तकमा लेखक स्वयम्को कथा छ । उनले कसरी घरबाटै विजिनेश गरे भन्ने बिषय खुलाएका छन् । अन्ततः यही अनुभव उनका लागि कोसेढुंगा साबित भयो । यदि तपाईं पनि घर वा अनलाइनबाट विजिनेश सुरु गर्न चाहनुहुन्छ भने यो पुस्तक निकै उपयोगी हुनसक्छ । यो पुस्तकमा लक्षित बजार कसरी हासिल गर्ने, प्रभावकारी मार्केटिङ रणनीति कसरी विकास  गर्ने र आफ्नो ब्राण्डलाई कसरी बलियो बनाउने भन्ने बिषयमा राम्रा आइडियाहरु दिइएको छ । पुस्तकमा दिइएको चार्ट र टेबलको माध्यमबाट तपाईले भन्न खोजिएको कुरा प्रष्ट रुपमा बुझ्नसक्नुहुन्छ । अनलाइन मार्केटर्स, कन्सल्ट्यान्ट्स तथा सेवा प्रदायकहरुका लागि यो पुस्तक उपयोगी हुनसक्छ । 

पुस्तक : द विजिनेश स्टार्टअप किट
लेखक : स्टेभेन डी स्ट्रस


यो पुस्तकमार्फत स्टेभेनले थोरै शब्दमा विजिनेशका  धेरै कुराहरुमाथि राम्रो व्याख्या गरेका छन् । यो पुस्तकमा विजिनेश सुरु गर्ने र त्यसमा सफल हुन चाहनेका लागि धेरै राम्रा जानकारी समेटिएका छन् । किताबमा विजिनेशको सुरुवातमा के गर्नुपर्छ र के गर्नुहुँदैन भन्ने बिषय बताइएको छ । यो पुस्तकमा टिप्स र दिशानिर्देशसँग सम्बन्धित बुँदाहरुलाई समेत सटिक रुपमा प्रस्तुत गरिएको छ ।

पुस्तक : स्टार्ट योर ओन विजिनेश
लेखक : रिभा लेसोन्स्की


यो किताब एकमात्र स्टार्टअप किताब हो, जुन हरदम जरुरत परिरहन सक्छ भनेर अन्तर्राष्ट्रिय क्षेत्रको सफल विजिनेशमेनहरुले समेत भन्ने गरेका छन् । यो पुस्तक यति धेरै लोकप्रिय रहेको छ कि यसको ५ औं संस्करण मात्रै २ लाख भन्दा बढी प्रति बिक्री भएको थियो । आफ्नै विजिनेश सुरु गर्नका लागि यो पुस्तक निकै उपयोगी स्टार्टअप पुस्तकको रुपमा मानिएको छ । 

पुस्तक : दि आर्ट अफ दि स्टार्ट
लेखक : गाइ कावासाकी

गाइ कावासाकीको यो पुस्तकलाई एक व्यवसायीका लागि राम्रो टेक्स्टबुक मानिएको छ । यो पुस्तकमा स्टार्टअप सुरु गर्ने प्रक्रियादेखि त्यहाँबाट पैसा कमाउने र कर्मचारीलाई परिचालन गर्नेसम्मको सबै विषयसँग जोडिएको भित्री सूचना तथा जानकारी दिइएको छ । कावासाकीले यो पुस्तकमा लगानीकर्तालाई आफूतर्फ आकर्षित गर्नका लागि केही गोल्डेन रुल समेत बताएका छन् । 

पुस्तक :स्केप फ्रम क्यूबिकल नेशन
लेखक : पामेल स्लिम


यदि तपाई कुनै कम्पनीको कामदार(कर्मचारी) हुनुहुन्छ र आफ्नै केही विजिनेश सुरु गर्न चाहिरहनुभएको छ भने तपाईंका लागि यो पुस्तक निकै उपयोगी बन्नसक्छ । यदि तपाईंले हालसालै कर्पोरेट जागिर छाडेर आफ्नो विजिनेश सुरु गर्नुभएको छ भने पनि यो पुस्तक उपयोगी बन्नसक्छ । पामेलले यो पुस्तकमा विजिनेश सुरु गर्नुअघि र गरिसकेपछि के के गर्न अत्यावश्यक हुन्छ भन्ने बिषयलाई राम्रो ढंगले व्याख्या गरेका छन् । उनले यो पनि बताएका छन् कि कसरी क्लाइन्टलाई आफूसँग टिकाइराख्न सकिन्छ ।