काठमाण्डौ । भारतले १ हजार र ५ सय भारुको पुरानो नोटमाथि प्रतिबन्ध लगाएसँगै अहिले विश्वभरि कालोधनको चर्चा भइरहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुकाइएको कालोधन निकाल्ने जुक्तिको रुपमा यो जोखिमपूर्ण कदम उठाएको भनिए पनि भारतभित्रै प्रमुख विपक्षी लगायतका दलहरुले यसको कडा स्वरमा विरोध गरिरहेका छन् । तर, भारत सरकारले यो निर्णयबाट आम मानिससँगै देशकै अर्थतन्त्र पनि लाभान्वित हुने दाबी गर्दै आइरहेको छ । अमेरिकाको वासिङ्टनस्थित थिङ्कट्याङ्क ग्लोबल फाइनान्सियल इन्टेग्रिटी(जिएफआई)का अनुसार कालोधन राख्ने देशको सूचिमा भारत भने विश्वको ८ औं नम्बरमा पर्छ । 

विश्वमा कयौं देश यस्ता छन्, जहाँ कालोधन राख्दा कुनै पनि कारबाही हुँदैन । यी देशमा नेपाल लगायत धेरै देशको कालोधन सुरक्षित ढंगले राखिएको बेला–बेला चर्चा हुने गरेको छ । नेपालका पनि धेरै व्यापारी र धनाढ्यले स्वीस बैंकमा कालोधन थुपारेको कहिलेकाही चर्चा हुने गर्छ । 

आउनुहोस्, विश्वका कालोधन राख्ने टप १० देशलाई चिनौं :

अमेरिका 


अमेरिका कालोधन राख्ने देशको सूचिमा नम्बर एकमा पर्छ । यो देशमा ६७ लाख करोड रुपैयाँ भन्दा बढी कालोधन रहेको छ । 

चीन


कालोधन राख्ने देशको सूचिमा चीन दोश्रो नम्बरमा पर्छ । यो देशमा २८ लाख करोड कालोधन रहेको छ । 

मेक्सिको


सबैभन्दा धेरै कालोधन राख्ने देशमा मेक्सिको तेश्रो नम्बरमा पर्छ । यहाँ १३.३६  लाख करोड रुपैयाँ कालोधन रहेको छ । 

स्पेन


कालोधन थुपार्ने मुख्य टप देशको सूचिमा स्पेन चौथो नम्बरमा परेको छ । यहाँ १३.२६ लाख करोड रुपैयाँ कालोधन रहेको छ । 

इटली

कालोधन राख्ने देशको सूचिमा इटली पाँचौ नम्बरमा छ । यहाँ ११.७९ लाख करोड रुपैयाँ कालोधन रहेको अध्ययनमा देखाएको छ । 

जापान

कालोधन राख्ने देशको सूचिमा जापान छैठौं नम्बरमा छ । यहाँ ११.७६ लाख करोड रुपैयाँ कालोधन रहेको छ । 

क्यानडा


क्यानडा कालोधन थुपार्ने देशको सूचिमा सातौं नम्बरमा छ । यहाँ ८.१७ लाख करोड रुपैयाँ कालोधन रहेको छ । 

भारत


भारत कालोधन राख्ने देशको सूचिमा ८ औं नम्बरमा पर्छ । यहाँ ७.५८ लाख करोड रुपैयाँ कालोधन रहेको छ । 

ब्रिटेन


ब्रिटेन कालोधन राख्ने देशको सूचिमा ९ औं स्थानमा छ । यहाँ ६.४ लाख करोड रुपैयाँ कालोधन रहेको बताइएको छ । 

रसिया


रसिया यो सूचिमा १० औं नम्बरमा छ । यो देशमा ५.१० लाख करोड रुपैयाँ कालोधन रहेको सो रिपोर्टमा उल्लेख छ ।