काठमाण्डौ । मंगलबार बजारमा तेश्रो पटक सर्किट ब्रेकर लागेपछि समय अगावै कारोबार बन्द भएको छ ।

कारोबार सुरु भएको आधा घण्टा नबित्दै ३ प्रतिशतले नेप्से परिसूचक बढेपछि पहिलो सर्किट ब्रेकर लागी १५ मिनेट कारोबार स्थगित भएको थियो । त्यसपछि खुलेको बजारमा थप एकघण्टामा परिसूचक ४ प्रतिशतले बढेपछि दोश्रो सर्किट ब्रेकर लगाई आधाघण्टाका लागि कारोबार स्थगित गरिएको थियो । त्यसपछि पुनः सुचारु भएको बजार बन्द हुुनुुअघि आधाघण्टा अगाडि ५ प्रतिशतले बढेपछि तेश्रो सर्किट ब्रेकर लगाई आजको कारोबार नै स्थगित भएको हो । 

निर्धारित समयअघि नै बजार बन्द भए पनि १ अर्र्ब ३८ करोड बढीको कारोबार भएको छ । नेप्से परिसूचक ७६.७९ अंकले वृद्धि हुँदै १६१०.६२ अंकको उचाईमा पुुगेको छ । क वर्गका कम्पनीहरुको कारोबारमा उछाल आएका कारण सेन्सेटिभ इण्डेक्स १७.०२ अंकले बढ्यो भने फ्लोट इण्डेक्स पनि ५.९६ अंकले वृद्धि भयो । 

मंगलबार बिमा कम्पनीको सूचक सबैभन्दा बढी ५०३.११(६.७७ प्रतिशत) अंकले बढेको छ । यस्तै, वाणिज्य बैंक, विकास बैंक र बित्त समूहमा क्रमशः ५.२१, ४.८३ र ५.६४ प्रतिशतको वृद्धि हासिल भएको छ । जलविद्युत समूह ५.३४ प्रतिशत, होटल समूह ३.४६ प्रतिशत र अन्य समूह १.५ प्रतिशतले बढेको छ । 

धेरै कारोबार गर्ने कम्पनी
निर्धारित समयअगावै सर्किट ब्रेकर लगाई बन्द भएको बजारमा १ सय ४४ कम्पनीका कुल २५ लाख ८१ हजार १९ कित्ता सेयर १ अर्ब ३८ करोड ८ लाख २२ हजार ४ सय ५८ रुपैयाँमा किनबेच भयो । 
सबैभन्दा बढी एनबी बैंकले ९ करोड ४४ लाख रुपैयाँको कारोबार गर्यो । यस्तै सानिमा बैंकले ७ करोड ५७ लाख, एनसीसी बैंकले ६ करोड १२ लाख, प्रभू बैंकले ५ करोड ४ लाख, लक्ष्मी बैंकले ४ करोड ५० लाख बढीको कारोबार गर्यो । मंगलबार धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ९ स्थान वाणिज्य बैंक र एक स्थान बिमा कम्पनीले कब्जा गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
मंगलबार २५ कम्पनीका लगानीकर्ता मालामाल भए । यीमध्ये ६ कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भयो भने अन्य १९ कम्पनीको सेयर मूल्यमा १० प्रतिशतकै हाराहारीमा बढोत्तरी भयो । १० प्रतिशतको दरले मूल्य वृद्धि हुने कम्पनीहरुमा बुटवल पावर कम्पनी लिमीटेड, गुराँस लाइफ इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, माउण्ट मकालुु डेभलपमेन्ट बैंक, कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट बैंक, प्रूडेन्सियल इन्स्योरेन्स रहेका छन् । 

लक्ष्मी लघुवित्त बित्तीय संस्था, लक्ष्मी भ्यालूू फण्ड १, हिमालयन जनरल इन्स्योरेन्स, एनबी इन्स्योरेन्स, नेको इन्स्योरेन्स, नेपाल ग्रामीण विकास बंैक, सूूर्य लाइफ इन्स्योरेन्स, रिलायन्स फाइनान्स, गुड्विल फाइनान्स, डिप्रोक्स डेभलपमेन्ट बैंक लिमीटेड, अपी पावर कम्पनी, रुरल माइक्रो फाइनान्स डेभलपमेन्ट सेन्टर, हाम्रो विकास बैंक, सिभिल बैंक, पोखरा फाइनान्स, सेञ्चुरी कमर्सियल बैंक, सेती फाइनान्स, मञ्जुश्री फाइनान्स र साना किसान विकास बैंक लिमीटेडले १० प्रतिशतको हाराहारीमा सम्पत्ति कमाएका छन् । 

सर्किट ब्रेकर लागेको बजार तीन कम्पनीका लागि भने दुर्भाग्य साबित भयो । एनएमबी माइक्रो फाइनान्स बित्तीय संस्था, जेबिल्स फाइनान्स र किसान माइक्रो फाइनान्स बित्तीय संस्थाका लगानीकर्ताले उत्साहले भरिएको बजारमा समेत गुमाउनुु दुुर्भाग्य व्यहोर्नुपर्यो ।