काठमाण्डौ । आम रुपमा विश्वका सबै देशको मुद्राको सुरुवात सिक्काबाटै भएको पाइन्छ । सिक्काको माध्यमबाट नै यी देशहरुले आफ्नो सभ्यता र अर्थव्यवस्थालाई विश्वसामु चिनाए । तर समयसँगै यी सिक्काहरुलाई कागज वा प्लाष्टिकको नोटले प्रतिस्थापन गरे । यही कारण कतिपय ऐतिहासिक सिक्का जारी गर्ने देशलाई ती सिक्कालाई फेरि निरन्तर गर्न उपयुक्त ठानेनन् । यही कारण विश्वमा कयौं सिक्का निकै महंगा छन् । यिनै महंगा सिक्का बेला बेला लिलामी समेत हुँदै आएको छ । यहीकारण यी सिक्काहरुको आजसम्म महत्व रहँदै आएको छ । 

डलब इगल क्वाइन, २० डलर(१८५०)
यो विश्वकै सबैभन्दा महंगो सिक्का हो । आफैंमा निकै अनौठो सिक्का अझै अस्तित्वमा छ । २० डलरको यो सिक्का अमेरिकाको इतिहासमै सबैभन्दा महंगो सिक्का हो । यो सिक्काको अहिलेको भ्यालू ३२ करोड नेपाली रुपैयाँ बराबर रहेको मिडिया रिपोर्टमा उल्लेख छ । यो सिक्कालाई क्यालिफोर्नियामा स्न १८५० मा सुनको सिक्का जारी गर्ने होडमा टायलको रुपमा जारी गरिएको थियो। त्यसबेला यस्तो सिक्का २ वटा मात्र जारी गरिएको थियो, ती दुुईमध्ये एक अहिले पनि अमेरिकाको नेशनल स्मिथसोनियन क्वाइन कलेक्सन म्यूजियममा सुरक्षित राखिएको छ । 

फ्लाइंग हेयर सिल्भर क्वाइन,(१९७४)


अमेरिकाको फेडरल सरकारले पहिलोपटक आधिकारिक रुपमा १९७४ र १९७५ मा यो सिक्का जारी गरेको थियो। यो सिक्कामा ९० प्रतिशत चाँदी र १० प्रतिशत पित्तलको समीश्रण छ । यो सिक्का विश्वकै दोश्रो महंगो सिक्का हो । एक अखबारमा छापिएको रिपोर्ट अनुसार सन् २०१३ मा एक व्यक्तिले यो सिक्कालाई १ करोड डलरमा खरीद गरेका थिए । 

डबल इगल क्वाइन, २० डलर(१९३३)


पूर्व अमेरिकी राष्टपति फ्र्यांकलिन डी रुजवेल्टले डबल इगलवाला २० डलरको यो सिक्कालाई सन् १९३३ मा जारी गरेका थिए । तर यो सिक्कालाई आम जनतामाझ चलनचल्तीमा चाहि कहिल्यै पनि ल्याइएन । २० डलरको सुनको यो सिक्का विश्वको तेश्रो महंगो सिक्का हो । यो सिक्का सन् २०१२ मा ७६ लाख अमेरिकी डलरमा लिलामी भएको थियो । एक रिपोर्टका अनुसार दुनियाँभर यस्तो सिक्का १३ वटाको संख्यामा छ । योमध्ये एउटा मात्र सिक्का कानूनी रुपमा निजी व्यक्तिको साथमा छ ।

सेन्ट गार्डस डबल इगल, २० डलर(१९०७)


यस्तै, अर्को सुनको सिक्का सन् १९०७ देखि १९३३ बीचमा यूनाइटेड स्टेट्समा जारी गरिएको थियो । २० डलर मूल्यको यो सिक्का डबल इगलको थियो । यो सिक्काको वर्तमान मूल्य ७.६ मिलियन डलर रहेको छ । यो सिक्का अमेरिकाको सुन्दर सिक्कामध्येको एक थियो । 

एडवर्ड थर्ड, फ्लोरेन क्वाइन, १३४३


यो सिक्का १३४३ डिसेम्बरदेखि १३४४ जुलाईको बीच जारी गरिएको थियो । यो सिक्का २००६ मा ६.८ मिलियन डलरमा लिलाम भएको थियो । एक रिपोर्टका अनुसार विश्वमा यस्तो सिक्काको संख्यामा मात्र ३ रहेको छ । यो सिक्कामा तत्कालीन राजाको तस्विर रहेको छ ।