काठमाण्डौ । १२ कक्षा उत्तीर्ण गरे पनि यदि केही काममा तपाई निपुण हुनुहुन्छ भने तपाईले केही देशमा निकै आकर्षक जागिर पाउने पक्का छ । एजेन्सीहरुमा प्रकाशित मिडिया रिपोर्टका अनुसार अंग्रेजी टिचर, डान्स एक्सपर्ट, सेफ तथा इभेन्ट म्यानेजरको काममा तपाई निपुण हुनुहुन्छ भने १२ पासको सर्टिफिकेटले पनि चीन, कोरिया, जापना, केही यूरोपियन देश र अमेरिकामा समेत राम्रो तलब र नोकरी पाउन सकिन्छ । हेरौं, १२ पास गर्दा मात्रै पुुग्ने ती कामहरु के के हुन् ?

१.हेयर एक्सपर्ट


यदि तपाईलाई कपाल काट्न राम्रो ढंगले आउँछ भने विदेशमा नोकरी पाउने ठूलो संभावना रहन्छ । यदि तपाईलाई देश विदेशमा चलेको हेयर स्टाइल, कट तथा कलरको बिषयमा राम्रो जानकारी छ भने तपाईले यूरोप र अमेरिकामा आरामले काम पाउनुहुन्छ । यी देशमा हेयर स्टाइलिस्टको उच्च माग छ । यस बाहेक अन्तराष्टिय स्तरको फेसन सो तथा राम्रो ब्राण्डको सलुनमा समेत जागिर पाउने संभावना हुन्छ । 
कसरी भर्ने आवेदन ?
तपाईले यसका लागि हेयर एक्सपर्टको नोकरी दिलाउने अनलाइन खोजेर आवेदन दिन सक्नुहुन्छ । तपाईले जागिर दिलाउने एजेन्सीहरु तथा विभिन्न अखबारहरुमा आउने विज्ञापनमार्फत समेत आवेदन दिन सक्नुहुन्छ । कतिपय एजेन्सीहरुले विदेशमा नोकरीका लागि नेपालमा अन्तर्वार्ता गराउँछन् र कामदार छनौट गर्छन् । त्यस्तो अन्तर्वार्तामा विदेशी कम्पनी(जसलाई कामदार चाहिएको हो)का प्रतिनिधि समेत आउँछन् । छनौट भएपछि कम्पनीले नै तपाईको टिकट र भिजाको प्रबन्ध मिलाउँछ ।

२.अंग्रेजी टिचर


यदि तपाई अंग्रेजीमा पोख्त हुनुहुन्छ र पढाउने सौख छ भने विदेशमा नोकरी गर्ने राम्रो अवसर हुनसक्छ । यसका लागि तपाईलाई कुनै सर्टिफिकेट आवश्यक पर्दैन । अंग्रेजीमा पारंगत हुनुहुन्छ भने तपाईले चीन, साउथ कोरिया, जापान, थाइल्याण्ड जस्ता देशहरुमा आरामले नोकरी पाउन सक्नुहुन्छ । यी देशहरु आफ्ना कर्मचारीलाई अंग्रेजीमा पारंगत बनाउन विदेशबाट वार्षिक सयौं कामदारहरुलाई झिकाइरहेका हुन्छन् । 
कसरी भर्ने आवेदन ?
यो जागिर पाउनका लागि तपाईले माथि उल्लिखित देशहरुमा चलेको जागिरको बिषयमा जानकारी दिने साइट्समा लगइन गर्नुपर्ने हुन्छ र आफ्नो बायोडाटा त्यहाँ सबमिट गरिदिनुपर्ने हुन्छ । त्यसपछि तपाईंको बायोडाटा हेरेर यो कम्पनीले आफैं तपाईलाई सम्पर्क गर्छ । कम्पनीले नै तपाई छनौट भएपछि सम्बन्धित देशमा जाने प्रबन्ध मिलाउँछ । चीन, जापना, कोरिया जस्ता देशमा अंग्रेजी सिकाउनेको डिमाण्ड निकै माथि छ । 

३.डान्स टिचर


यदि तपाईमा नृत्य गर्न समेत पोख्त हुनुहुन्छ भने विदेशमा राम्रो नोकरी गर्ने राम्रो मौका आउनसक्छ । यदि तपाईलाई ल्याटिन, ज्याज, रुम्बा, बेल्ली, कथक, भरत नाट्यम जस्ता चलेका डान्स आइटमको विज्ञता छ भने विदेशमा डान्स टिचर बन्ने मौका हुन्छ । प्रतिष्ठित डान्सरहरुको ग्रुपमा सामेल हुँदा समेत विदेशमा राम्रो नोकरी पाउने संभावना बढ्छ । 
कसरी भर्ने आवेदन ?
तपाईले विदेशी डान्स स्कूल, कम्पनी वा एजेन्सीमा आफ्नो आवेदन र बायोडाटा पठाउनुपर्छ । यी कम्पनीहरुले तपाईको डान्स भिडियो अनलाइनबाटै मगाउँछन् । तपाईंले पठाएको आफ्नो डान्स भिडियोको माध्यमबाटै तपाईको छनौट गरिन्छ । 

४.सेफ


यदि तपाई देशको कुनै थ्रीस्टार होटलमा खाना बनाइरहनुुभएको छ र विदेशी डिस आइटमहरुको बिषयमा राम्रो ज्ञान छ भने तपाईले विदेशमा निकै राम्रो जागिर पाउन सक्नुहुन्छ । विदेशमा रेष्टुरा, क्रूज, होटलको संख्या निकै हुन्छ र त्यहाँ तपाईंले जागिर पाउने प्रवल संभावना रहन्छ । यी ठाउँमा जागिर पाए तलब र सेवासुविधा समेत निकै आकर्षक हुन्छ । 
कसरी भर्ने आवेदन ?
विदेशका लागि कर्मचारी हायर गर्ने एजेन्सीहरु खोजेर त्यसमा आफ्नो बायोडाटा पठाउनुपर्छ । सेफका लागि नोकरीको विज्ञापन अखबारहरुमा समेत छापिइरहेको हुन्छ । यस बाहेक तपाईले यूरोप, अमेरिका, अरब देश तथा एशियाली मुलुकहरुमा उपलब्ध वेबसाइटहरुमा समेत आफ्नो आवेदन पठाउन सक्नुहुन्छ । यहाँका कम्पनीले तपाईको बायोडाटा पाएपछि आफैं सम्पर्क गर्छन् । अन्तर्वार्ता गर्छन् र छनौट भएपछि तपाईलाई लैजाने व्यवस्थापन पनि कम्पनीहरुले नै गर्छन् । 

५.इभेन्ट म्यानेजर


यदि तपाई इभेन्ट म्यानेजर हो भने विदेशमा राम्रो नोकरी पाउने राम्रो अवसर आउनसक्छ । अमेरिका र यूरोपजस्ता देशहरुमा साना बच्चाको जन्मदिन मनाउँदा समेत इभेन्ट म्यानेजरको सेवा लिने चलन छ । यी देशमा तपाईका लागि पहिला नोकरी र पछि विजिनेश गर्ने मौका समेत प्राप्त हुनसक्छ । 
कसरी दिने आवेदन ?
तपाईले विदेशी वेबसाइटमा गएर त्यहाँको इभेन्ट म्यानेजमेन्ट कम्पनीमा आफ्नो बायोडाटा पठाउन सक्नुहुन्छ । यी एजेन्सीहरुले तपाईको अनुुभव, इभेन्टको फोटोग्राफ र भिडियो समेत अनलाइनबाट मगाउँछन् । तर उनीहरुले तपाईको अनुुभवलाई बढी जोड दिन्छन् र सोही आधारमा छनौट गर्ने या नगर्ने अन्तिम निर्णय लिन्छन् ।