काठमाण्डौ । हामीमध्ये धेरै व्यक्ति त्यसबेला बेचैन हुन्छौ, जतिबेला मोवाइल फोनको प्रयोग अत्यन्त आवश्यक हुन्छ, तर त्यही बेला चार्ज पनि हुँदैन र मोवाइल फोन चार्ज हुन पनि निकै लामो समय खर्च भइदिन्छ । 

यो समस्याको समाधानको कुनै जादुुगरी विधि हुँदैन । तर केही उपायहरु भने अवश्य छन्, जसले राम्रो ढंगले ब्याट्रीलाई चार्ज गर्न लाग्ने समयलाई कम गरिदिन्छ । 

आउनुहोस्, यस्तै केही तरिकाको विषयमा जानौं ।

१.मोवाइललाई फ्लाइट मोडमा राखिदिने
यो एक निकै साधारण तरिका हो । जसका कारण तपाईको मोवाइल फोन तीव्र गतिमा चार्ज हुन्छ । कारण, त्यसको सबै फङ्ग्सन बन्द हुन्छ, किनभने फ्लाइट मोडमा फोन लैजानु भनेको त्यसलाई पूरै बन्द गरिएको जस्तै अवस्था हो । 

जब तपाईंले फोनलाई फ्लाइट मोडमा राख्नुहुन्छ, तब यसबाट कल गर्ने, इन्टरनेट ब्राउजिङ, जिपिएस जस्तो फिचरले पनि काम गर्न छाड्छ । तर यसको केही फाइदा पनि हुन्छ, किनभने यस्तो बेलामा तपाईको फोन तीव्र गतिमा चार्ज हुन्छ । यदि रातको समयमा यो विधिबाट चार्ज गरियो भने बढी सजिलो हुन्छ । यो तरिकाबाट मोवाइल फोन असाधारण तरिकाले निकै छिटो फूल चार्ज भइदिन्छ । 

२.पूरा बन्द गरिदिने
यदि मोवाइल अन गरेरै चार्ज गरिन्छ भने यसले मोवाइल चाँडो बिग्रन्छ भन्ने धेरैले भन्ने गर्छन, तर यो कुरा सही होइन । चालु अवस्थामै मोवाइल चार्ज गर्नु हानिकारक हुन्न । तर यो चाहि सही हो कि जब मोवाइल बन्द हुन्छ, त्यसबेला तीव्र गतिमा चार्ज हुन्छ । टेलिफोन कम्पनी भोडाफोनको मोवाइलमाथि लेखिएको एक लेखमा यो कुरा उल्लेख गरिएको छ । 

३.यूएसबी पोर्टबाट चार्ज नगर्ने
मोवाइल फोन यूएसबी पोर्टको साटो बिजुलीबाट धेरै चाँडो चार्ज हुन्छ । उदाहरणका लागि एप्पल फोनका लागि कम्पनीले मोवाइललाई फोन एडप्टरको साथमा पाउने यूएसबी केबलमार्फत पर्खालमा लगाइएको बिजुलीको पोइन्टबाट चाहि चार्ज गर्नुपर्छ भन्ने सुुझाव दिन्छ । 

४.उचित तापमानमा राख्ने
ज्यादा तापमानले ब्याट्रीलाई चार्ज राख्ने क्षमतालाई कम गरिदिन्छ । एप्पलका अनुसार गर्मीका कारण ब्याट्रीको प्रदर्शनमा सबैभन्दा कमी आउँछ । त्यसकारण फोनलाई घामबाट टाढै राख्न समेत यो कम्पनीले सुुझाव दिने गरेको छ । यसकारण, जुन घर्रा वा फोन कभरबाट गर्मी उठ्छ, यसले समेत चार्ज गर्ने समय बढाइदिन्छ । यस्ता ठाउँमा राखेर चार्ज गर्ने भूल कहिल्यै गर्नुहुन्न ।

५.आधिकारिक चार्जर प्रयोग गर्ने
सबै चार्जर एकै प्रकारको हुन्न । तर हेर्दा उस्तै लाग्छ । सबैभन्दा राम्रो आफ्नो फोनको चार्ज गर्दा आधिकारिक चार्जर नै प्रयोग गर्नु हो । यसले सुरक्षित ढंगबाट सबैभन्दा राम्रो परिणाम पनि दिन्छ । वास्तवमा अनधिकृत चार्जरको प्रयोगले निकै ठूलो समस्या निम्त्याइदिनसक्छ । यतिसम्मकी फोन राम्रो ढंगले चार्ज हुन छाड्छ वा, लामो समयसम्म चार्ज गर्नुपर्ने समस्या आउनसक्छ । यदि तपाईंले आफ्नो मोवाइलको असली चार्जर प्रयोग गरिरहनुुभएको छैन भने कमसेकम गुणस्तरीय चार्जर मात्र प्रयोग गर्नुहोस् । 
बीबीसीबाट भावानुवादित