काठमाण्डौ । अमेरिकाको रेडफोर्ड युनिभर्सिटीको यूएस सेन्सस् डाटाको एकेडेमिक्सको तर्फबाट जारी गरिएको अध्ययनमा केही यस्ता जागिरहरुको बिषयमा बताइएको छ, जहाँ सम्बन्धबिच्छेदको संभावना ज्यादा रहन्छ । रिपोर्ट अनुसार अध्ययनको क्रममा यस्ता कुल ८ जागिर पाइयो, जसमा सम्बन्धबिच्छेदको संभावना ३० प्रतिशत वा त्यो भन्दा पनि माथि नै रहेको छ । आउनुहोस् जानौं ती जागिर(नोकरी)को बिषयमा  । 

(नोट : यो अध्ययन अमेरिकामा गरिएको हो । यसमा केही यस्ता जागिर पनि सामेल छन्, जो नेपालमा चर्चित छैनन् वा यहाँका मानिस यस्तो बिषयमा बिल्कुल जान्दै जान्दैनन् । )

जागिर १ : डान्स र कोरियोग्राफर


डान्स वा केरियोग्राफरको काम कुनै बार, पार्टी वा कुनै शोमा डान्स गर्नु, सिकाउनु, कोरियाग्राफी गर्नु हो । यो जागिरमा सम्बन्धबिच्छेदको सबैभन्दा धेरै संभावना हुने अध्ययनले देखाएको छ । यो काम गर्नेहरुको सम्बन्धबिच्छेदको संभावना ४३.०५ प्रतिशत रहने देखिएको छ । 

जागिर २ : बारटेण्डर


यो जागिर खाने मानिसहरुको मुख्य काम कुनै पार्टीमा रक्सी वा बियर(पेय पदार्थ) पस्कने वा सर्भ गर्ने हुन्छ । यो जागिरमा सम्बन्धबिच्छेदको संभावना ३८.४३ प्रतिशत रहन्छ । 

जागिर ३ : मसाज थेरापिस्ट


यो जागिर खानेहरुको काम पार्लर वा होटलमा मानिसहरुको मसाज गर्नु हुन्छ । यस्तो जागिर खाने मानिसहरुको सम्बन्धबिच्छेद हुने संभावना ३८.२२ प्रतिशत रहने अध्ययनले देखाएको छ । 

जागिर ४ : गेमिङ केज वर्कर


यो जागिर खानेहरुको काम जूवाघर वा क्यासिनोमा मानिसहरुलाई सर्भिस दिनु हो । अध्ययनले यस्तो काम गर्नेहरुको सम्बन्ध बिच्छेदको ३४.६६ प्रतिशत संभावना देखाएको छ । 

जागिर ५ : मेसिन अपरेटर


यो  जागिर खानेको काम कुनै मेसिनलाई चलाउने  र त्यसमा निगरानी गर्ने हुन्छ । यो जागिर खाने मानिसको सम्बन्धबिच्छेदको संभावना ३२.७४ प्रतिशत रहेको अध्ययनले देखाएको छ । 

जागिर ६ : गेमिङ सर्भिस वर्कर


यस्तो खालको जागिर खाने मानिसको काम जूवाजन्य तथा अन्य खेलसँग सम्बन्धित सेवा दिनु रहन्छ । यो जागिर खाने मानिसको सम्बन्धबिच्छेदको संभावना ३१.३४ प्रतिशत रहने अध्ययनको क्रममा देखिएको छ । 

जागिर ७ : फ्याक्ट्री वर्कर


यो जागिरमा रहेका मानिसहरुको मुख्य काम कुनै पनि प्रोडक्सन कम्पनीमा जोडिएर आफ्नो सेवा दिनु(श्रम गर्नु) हो । यो काममा सम्बन्धबिच्छेदको संभावना २९.७८ प्रतिशत रहेको अध्ययनले देखाएको छ । 

जागिर ८ : टेलिफोन अपरेटर


यो जागिर खानेहरुको काम विभिन्न दूरसंचार सेवा प्रदायक कम्पनीको कल सेन्टरमा बसेर ग्राहकहरुसँग डिल गर्नु हो । अध्ययनले यो जागिर खानेहरुको सम्बन्धबिच्छेद हुने संभावना २९.३० प्रतिशत रहने देखाएको छ ।