काठमाण्डौ । अमेरिका, क्यानडा, अष्ट्रेलिया, युरोपलगायत विकसित राष्ट्र पुर्याइदिने प्रलोभनमा पारी मानवतस्कर गिरोहले मोटो रकम असुल्दै नेपालीलाई दक्षिणपूर्वी एसियाली राष्ट्र पुर्याई अलपत्र छाड्ने गरेको भेटिएको छ ।

नेपालीलाई ती राष्ट्रसम्म पुर्याउन उनीहरुले दक्षिणपूर्वी एसियालाई ट्रान्जिट बनाइरहेको समेत खुलेको छ ।

दक्षिणपूर्वी थुप्रै एसियाली राष्ट्रले नेपाललाई सहज रुपमा भिसा उपलब्ध गराउँदै आएका छन् । दक्षिणपूर्वी एसियाली केही राष्ट्रले नेपालीलाई शसुल्क अनअराइभल भिसा दिदै आएका छन् त केहीले निशुल्क ।

मानवतस्करले यही सुविधाको फाइदा उठाउँदै नेपालीलाई सहज रुपमा ती देश पुर्याइ मोटो रकम असुलेर अलपत्र छाड्ने गरेको पाइएको छ । यो खबर आजको नागरिकमा छापिएको छ ।