काठमाण्डौ । यूनाइटेड मोदी हाइड्रोपावर लिमीटेडलाई १७ करोड २५ लाख मूल्यको १७ लाख २५ हजार कित्ता सेयरको प्राथमिक निश्कासन(आइपीओ) गर्न धितोपत्र बोर्डले अनुमति दिएको छ। 

यो कम्पनीले सर्वसाधारणका लागि आइपीओ निश्कासनको माग गर्दै आवेदन दिएको थियो । सो आवेदनको विषयमा आवश्यक अध्ययन गरी बोर्डले माघ १९ गते १७ लाख २५ हजार कित्ता आइपीओ निश्कासनको स्वीकृति दिएको हो । 

यो कम्पनीको आइपीओ निश्कासन तथा व्यवस्थापनमा एनआइबिएल क्यापिटल मार्केट लिमीटेले बिक्री प्रबन्धकको काम गर्नेछ । 

पर्वत जिल्लामा १० मेगावाट र १०.५ मेगावाटको गरी तल्लो मोदी १ र तल्लो मोदी २ गरी दुुई जलविद्युत आयोजना निर्माण गरिरहेको यो कम्पनीले यसअघि ११ लाख ५० हजार कित्ता आइपीओ स्थानीयका लागि जारी गरेको थियो । २०७३ भदौ २६ गतेदेखि असोज ९ गतेसम्म एकसय रुपैयाँ अंकित मूल्यको ११ करोड ५० लाख बराबरको सेयरमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाले आवेदन दिएका थिए । 

इक्रा नेपालले यो कम्पनीको आइपीओलाई ग्रेड ३ को रेटिङ प्रदान गरेको थियो ।