काठमाण्डौ । यूूनाइटेड मोदी हाइड्रोपावर लिमीटेडले सर्वसाधारणका लागि आगामी फागुन १९ गतेदेखि प्राथमिक सेयरको निश्कासन(आइपीओ) गर्ने भएको छ । 

यो जलविद्युत कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यको कुल १७ लाख २५ हजार कित्ता सेयर आइपीओ गर्न लागेको हो । 

नेपाल धितोपत्र बोर्डले यो जलविद्युत कम्पनीलाई माघ १९ गते सर्वसाधारणका लागि कुल १७ करोड २५ लाख मूल्य बराबरको आइपीओ निश्कासनको अनुमति दिएको थियो । 

कम्पनीले जारी गर्नेमध्ये ३४ हजार ५ सय कित्ता सेयर कर्मचारीको लागि र सामुहिक लगानी कोषको लागि ८६ हजार २ सय ५० कित्ता सेयर छुट्याएको छ । बाँकी सेयरमा मात्र सर्वसाधारणले आवेदन दिन सक्ने आइपीओ निश्कासनमा बिक्री प्रबन्धकको काम गरिरहेको एनआइबिएल क्यापिटल मार्केट लिमीटेडले जनाएको छ । 

सोमबार प्रकाशित सूचना अनुसार लगानीकर्ताले न्यूनतम ५० देखि अधिकतम १५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ । 

यो कम्पनीको आइपीओलाई इक्रा नेपालले ग्रेड ३ रेटिङ प्रदान गरेको छ । यसको अर्थ कम्पनीको आधारभूत पक्ष औसत रहेको भन्ने हो । 

एनआइबिएल क्यापिटल मार्केट लिमीटेड यूनाइटेडको आइपीओ निश्कासन तथा व्यवस्थापनमा बिक्री प्रबन्धकको रुपमा काम गर्नेछ । 

यूनाइटेड मोदी हाइड्रोपावर लिमीटेडले यसअघि ११ करोड ५० लाख रुपैयाँ मूल्यको ११ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्र(पर्वत)का बासिन्दाका लागि २०७३ भदौ २६ देखि असोज ९ सम्म निश्कासन गरिसकेको छ । 

यूनाइटेड मोदी हाइड्रोपावरले १० मेगावाट क्षमता र १०.५ मेगावाट क्षमताको गरी कुल २ आयोजना निर्माण गरिरहेको छ । 

यूनाइटेड मोदीले यसअघि नै तल्लो मोदी १ निर्माण गरी २०६९ देखि राष्ट्रिय प्रसारण लाइनमा जोडिसकेको छ । १० मेगावाटको तल्लो मोदी १ आयोजना पर्वत जिल्लामा अवस्थित छ । यो कम्पनीले तल्लो मोदी २ जलविद्युत आयोजना सर्वसाधारण बासिन्दाको सहयोगमा निर्माण गर्न लागेको छ ।

यी ठाउँबाट आवेदन दिनुहोस् :
१)एनआइबिएल क्यापिटल मार्केटेस लिमीटेड, काठमाण्डौ । सम्पर्क व्यक्ति र फोन : बद्रीप्रसाद प्याकुरेल,४००५०८०

२)सिबीआइएल क्यापिटल लिमीटेड, डिल्ली बजार काठमाण्डौ । सम्पर्क व्यक्ति: सञ्जिव भण्डारी । फोन: ४४१७७२३

३)काठमाण्डौ क्यापिटल मार्केट लिमीटेड, काठमाण्डौ प्लाजा, कमलादी । सम्पर्क व्यक्ति : सुुभाष बस्नेत, फोन : ४१६८६३४

४)भिबोर क्यापिटल लिमीटेड,कृष्णगल्ली, ललितपुर ।  सम्पर्क व्यक्ति : सागर तामांग । फोन:५५५४७९३

५)गोर्खाज् फाइनान्स लिमीटेड, डिल्लीबजार काठमाण्डौ तथा शाखा कार्यालयहरु बौद्ध, न्यूरोड, सातदोबाटो, सूूर्यबिनायक,दमक, धरान, इटहरी, नारायणगढ र बिर्तामोड । सम्पर्क व्यक्ति : मुकुन्द श्रेष्ठ । फोन : ४४३०५२७

६)गुहेश्वरी मर्चेन्ट बैकिङ एण्ड फाइनान्स  लिमीटेड । हरिहर भवन, ललितपुर तथा शाखा कार्यालयहरु चावहिल, हेटौडा, वीरगञ्ज र चारआली(झापा) । सम्पर्क व्यक्ति : अर्चना प्रधान, फोन : ५५३७४०७ । 

७)आइसीएफसी फाइनान्स लिमीटेड, भाटभटेनी काठमाण्डौ तथा शाखा कार्यालयहरु बौद्ध, मैतीदेवी, गोंगबुु, पेप्सीकोला, न्यूरोड र बनेपा । सम्पर्क व्यक्ति : नितेश तिवारी । सम्पर्क : ४४२५२९२ । 

८)सिनर्जी फाइनान्स लिमीटेड कमलादि, काठमाण्डौ तथा शाखा कार्यालयहरु गोंगबुु, न्यूरोड पोखरा र मिलनचोक बुटवल । सम्पर्क व्यक्ति : राजेश पुरी । सम्पर्क: ४४४२४६१ । 

९)हाम्रो विकास बैंक, बिदुर ३, नुवाकोट । सम्पर्क व्यक्ति : राकेश डंगोल । फोन : ०१०५६१७७७ । 

१०)ग्रीन डेभलपमेन्ट बैंक लिमीटेड, बाग्लुंग । सम्पर्क व्यक्ति : सुदीप राजभण्डारी । सम्पर्क : ०६८-५२२८६५

११)साझा विकास बैंक लिमीटेड, धनगढी, कैलाली तथा शाखाहरु टिकापुर र महेन्द्रनगर । सम्पर्क व्यक्ति : कमला बजगाई । सम्पर्क:०९१-५२६००६ ।