काठमाण्डौ । पैसाप्रतिको लालच मानिसको स्वभावको एक हिस्सा हो । तर, जीवनमा कतिपय अवस्थामा राम्रोसँग सोचविचार नगरी कुनै कदम उठाउँदा ठूलो घाटा व्यहोर्नुपर्ने हुनसक्छ । देशको सेयर बजारमा उतारचढाव जारी छ । कुनै बेला १९ सय नजिक पुुगेको नेप्से परिसूचक घटेर १२ सयको स्तरमा आई फेरि बढ्न सुरु भई १३ सय माथि पुुगिसकेको छ । यस्तो उतारचढावको बेलामा बढ्दा धेरै हौसिने र घट्दा धेरै निराश भइहाल्ने बानीले बर्बादीको खाडलमा पार्नसक्छ । तर, धेरै बढ्दा वा घट्दा समेत सोचविचार गरेर लगानी गरियो भने सेयरबजारबाट मोटो कमाई गर्न सकिन्छ । यसका लागि निम्न टिप्सहरु फलो गरौं :

कम्पनीको बिजिनेश बुुझ्नुुपर्छ
अधिकतर लगानीकर्ता सम्बन्धित कम्पनीको विजिनेश नबुुझी लगानी गर्न हतारिन्छन्, यो गलत बानी हो । तसर्थ, लगानी गर्न खोजिएको कम्पनीको विजिनेश राम्रोसँग बुुझ््नुपर्छ । विजिनेश बुुझेर लगानी गरियो भने मात्र सो कम्पनीको भविष्यमा हुनसक्ने ग्रोथ र त्यसबाट हुनसक्ने प्रोफिटको बिषयमा आँकलन गर्न सहज हुनेछ । विजिनेश राम्रोसँग बुझियो भने आफूले खरीद गरेको सेयरबाट लगानीकर्ताले बढी कमाउन सक्छ । 

महंगो सेयर खरीदअघि सोच्नुुपर्छ
अधिकांश समय लगानीकर्ता सेयर बजार बुलिस मार्गमा कुदिरहेको बेला सेयर खरीद गर्ने गर्छन्, यो राम्रो बानी होइन । सेयर महंगिएको बेला खरीद गरिए त्यसले सर्ट टर्ममा ठूलो नोक्सानी पनि हुनसक्छ । जस्तो १८ सय भन्दा माथि नेप्से परिसूचक पुुगेको बेला हौसिएर सेयर खरीद गर्नेहरुले अहिले करोडौं गुमाउनुु परेको छ । तसर्थ, कुनै पनि कम्पनीमा लगानी गर्नुअघि त्यसका विविध पक्षको बिषयमा अध्ययन गर्नुपर्छ, हौवाको भरमा महंगो सेयर खरीद गर्नबाट बच्नुुपर्छ । 

सानो सेयरमा ठूलो रिटर्न !
कतिपय लगानीकर्ता कम मूल्यका सेयरलाई नजरअन्दाज गरिरहेका हुन्छन् । यस्तो सेयरको बिषयमा समेत चनाखो बन्नुपर्ने सेयर विश्लेषक बताउने गर्छन् । तर कतिपय अवस्थामा यस्ता साना सेयरमा पनि उछालको संभावना हुन्छ । बजारका अधिकांश लगानीकर्ताले थोरै मूल्यको सेयरमा लगानी गर्दा रिटर्न पनि थोरै मात्र हुन्छ भन्ने सोंच राख्छन् । तर बजार बढिरहेको अवस्था पर्यो भने यस्तो सेयरमा लगानी गर्नु सही ठहरिनेछ । यस्ता सेयरमा घाटै पर्दा पनि महंगोमा जस्तो जहाजै डूूब्ने अवस्था आउदैन । 

दवाब वा त्रासमा सेयर नबेच्नूू
कतिपय लगानीकर्ता हल्ला वा केही नकारात्मक खबर सुुनेलगत्तै हतारोमा राम्रो कम्पनीको सेयर बिक्री गरिदिन्छन्, यो घातक बानी हो । कुनै हल्ला वा केही दवाब तथा नकारात्मक खबरकै कारण राम्रा कम्पनीको सेयर बिक्रीको हतारो गर्नुहुुन्न, यसले लगानीकर्ता स्वयम्लाई डूूबाइदिन्छ । सेयर बजारमा त्यस्ता लगानीकर्ताले नै बढी कमाउँछन्, जसले सेयर खरीद गरेपछि त्यसलाई लामो समयसम्म होल्ड गर्न सक्छ । नेगेटिभ समाचारका कारण कतिपय सेयरमा छोटो समयका लागि मन्दी आउनसक्छ, तर यस्ता हल्ला वा समाचारको दीर्घकालसम्म असर रहन्न । 

छुट्टा-छुट्टै सेयरमा लगानी गर्नुू
भनिन्छ, सबै खालका अण्डा एउटै टोकरीमा राख्नुुहुन्न । यस्तै, एउटै क्षेत्रका कम्पनीहरुको सेयर मात्र खरीद गर्ने भूल पनि गर्नुहुन्न । यस्तो कमजोरीका कारण थोरै मात्र गडबड भयो भने लगानीकर्ता डूूब्ने परिस्थिति आउनसक्छ । यसकारण, अलग अलग क्षेत्रसँग सम्बन्ध कम्पनीको सेयर खरीद गरी आफ्नो पोर्टफोलियोलाई विविधिकरण गर्न जरुरी हुन्छ । जस्तो, केही सेयर वाणिज्य बैंक, केही बिमाको, केही जलविद्युत लगायतको खरीद गर्न सकिन्छ । यसले कुनै एउटा क्षेत्रमा मन्दी आएर लागेको घाटा अर्को क्षेत्रबाट पूर्ति हुन्छ भने एउटा क्षेत्रको सेयर व्यापक घट्दा लगानीकर्ताको जहाजै डूूब्ने अवस्था पनि आउदैन ।