काठमाण्डौ । सेयर बजारको कारोबारमा हरेक साता पहिरो गइरहेको छ । नेप्से परिसूचक ११ महिनाअघिकै न्यून बिन्दू(१३ सय मुनि) आएको छ भने कारोबार रकम पनि कहालीलाग्दो गतिमा घटेको छ । 

अघिल्लो साताको आइतबार १३०९.७ अंकमा झरेको नेप्से परिसूचक बिहीबारसम्म १३८२.४५ अंकमा पुुगेको थियो । यो साताको आइतबार १३६४.५ अंकमा झरेको परिसूचक अन्तिम कारोबार दिन बिहीबार अझ घटेर १२९६.२३ अंकमा आइपुुगेको हो । यसरी अघिल्लो साता भन्दा यो साता नेप्से परिसूचकमा ६८.२७ अंकले कमी गिरावट आएको छ । 

यस्तै, यो साता १५६ कम्पनीका १ अर्ब ७३ करोड ९६ लाख बराबरको सेयर किनबेच भयो । जबकि अघिल्लो साता २ अर्ब २१ करोड ५३ लाखको सेयर किनबेच भएको थियो । यसरी कारोबार रकम पनि अघिल्लो साताको तुलनामा करिब ४८ करोड घटेको छ । नेप्से परिसूचक र कारोबार रकम नै यसरी कहालीलाग्दो गतिमा घट्दा आगामी दिन बजार अझ घट्ने आशंकामा लगानीकर्ताहरु प्रताडित छन् । उनीहरुको मनोबल खस्किएको छ भने बाठा लगानीकर्ता चाहि पर्ख र हेरको अवस्थामा बस्दा बजारको चहलपहल कम भई मन्दीमा बढोत्तरी भइरहेको छ । 

समूहगत परिसूचकमध्ये सबैभन्दा ठूलो पहिरो बिमा समूहमा देखिएको छ । साताभरमा यो समूहको सूचक ५५१.१३ अंकले घटेको छ । त्यसपछि होटल समूह १४८.११ अंक, जलविद्युत ६८.२२, वाणिज्य बैंक ६६.५४ अंकले घटेका छन् । विकास बैंक समूहमा ५७.४१, बित्त समूहमा २३.५७ र अन्य समूहमा ७.८१ अंकको गिरावट आएको छ । क वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्स १४.८६ र फ्लोट इण्डेक्स ५.२६ अंकले घटेको छ । 

नेप्सेका अनुसार यो साता कारोबार रकम र संख्याको आधारमा प्रभूू बैंक चम्कियो । दोश्रो त्रैमासमा चमात्कारिक प्रगति गरेका कारण समेत सेयरधनी यो बैंकतर्फ बढी आकर्षित देखिए । रकम (१० करोड १४ लाख ९० हजार रुपैयाँ) को आधारमा प्रभु बैंक लिमिटेड  अग्रस्थानमा रहेको रह्यो भने कारोबार भएको सेयर संख्या (५६ लाख ७६ हजार कित्ता)  को आधारमा सिद्धार्थ इक्विटी ओरियन्टेड स्किम अग्रस्थानमा रह्यो । त्यसैगरी कारोबार संख्या (१४५७ वटा) को आधारमा प्रभु बैंक लिमिटेड अग्रस्थानमा रहेको छ ।

यो साता सूचिकरणतर्फ निम्न कम्पनीको शेयर सूचीकृत भएको छ :