काठमाण्डौ । विश्वको उड्डयन उद्योगमा तीव्र गतिमा परिवर्तनहरु आइरहेका छन् । एयरक्राफ्ट बनाउने कम्पनीहरु भविष्यको जरुरतलाई मध्यनजर गर्दै जहाजको डिजाइन, विशेषता, सुन्दरतामा कैयन परिमार्जन गरिरहेका छन् । आज हामी उड्डयन उद्योगको तीव्र परिवर्तनशील विश्वमा यस्तो एयरक्राफ्टको बिषयमा बताइरहेका छौं, जसलाई कार्गोको क्षेत्रमा सबैभन्दा ठूलो बिमानको संज्ञा दिइएको छ । 

एन्टोनोव एन २२५ मरिया
विश्वकै सबैभन्दा ठूलो कार्गो जहाजको नाम ‘एन्टोनोव एन २२५ मरिया’ हो । मरियाको अर्थ हो, प्रेरणा । अहिले यो प्लेन यूक्रेनको राजधानी किबमा रहेको छ, र पहिलो असाइनमेन्ट पूरा गर्नका लागि १३० टन वजनको जेनेरेटरलाई अस्ट्रेलिया डेलिवर गर्न मंगलबार उडेको छ । विमान कम्पनीका अनुसार आइतबारसम्म अस्ट्रेलियाले यो जेनेरेटरको डेलिवरी मिल्नेछ । यो यात्राको क्रममा संसारकै ठूलो कार्गो प्लेन भारतको हैदरावादमा केही घण्टा रोकिनेछ । यूक्रेनबाट अस्ट्रेलियासम्म यो प्लेनले १५८८० किलोमिटरको दूरी पार गर्नेछ । 

एकमहिनामा तोड्यो १०९ विश्व रेकर्ड
मरियाले आफ्नो परीक्षण उडानको दौरान १ महिनाकै अवधिमा १०९ वटा विश्व रेकर्ड तोडिसकेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । यो प्लेनभित्र ७ वटा तला रहेको छ । प्लेनमा ६ वटा इञ्जिन र ३२ वटा टायर चक्का रहेको छ । यो कार्गो प्लेनमा एकसाथ १५ सय मानिस अटाउन सक्छन । यो क्षमता विश्वका कुनै पनि ठूलो यात्रुबाहक प्लेनको क्षमता भन्दा तीन गुणाले बढी हो । 

८४ मिटर लामो र १८.१ मिटर अग्लो
मरियाको लम्बाई ८४ मिटर र उचाई १८.१ मिटर रहेको छ । यो प्लेनको गति ८५० किलोमिटर प्रतिघण्टा हो । यो प्लेन समुन्द्री सतहदेखि १२ हजार मिटरको उचाईसम्म उड्न सक्छ । यो प्लेनमा लगाइएको पंखा बोइङ–७४७ को भन्दा दोब्बर ठूलो छ । एकपटकमा यो कार्गो प्लेनले ४ हजार किलोमिटरको यात्रा पूरा गर्नसक्छ । एकपटकमा ६४० टन वजन बोकेर उड्नसक्छ । 


एजेन्सीको सहयोगमा