काठमाण्डौ । उखु किसान र उद्योगीबीचको बिवाद यस बर्षपनि चुलिएको छ ।

किसानले बढी मूल्य माग्ने र उद्योगीले कम दिन खोज्ने प्रबृतिका कारण बर्षेनी सरकारले मूल्य निर्धारणमा हस्तक्षेप गर्दै आएको छ । यो बर्षपनि सरकारले मध्यस्थता गरी मूल्य तोकेको छ ।

उक्त मूल्यप्रपित किसानले सन्तुष्टि जनाएका छन् तर उद्योगीले भने असन्तुष्टि जनाउँदै अदालतसम्म जाने चेतावनी दिएका छन् ।यो खबर आजको नयाँपत्रिका दैनिकमा छ । 

कृषि बिकास मन्त्रालयको सिफारिसमा उद्योग मान्त्रालयले उखुको मूल्य प्रतिक्वीन्टल ५३१ रुपैयाँ २० पैसा निर्धारण गरेको छ । किसानले यो बर्ष चिनीको मूल्यमा भएको उच्च बृद्धि भएकाले उखुको मूल्य बढाउनुपर्ने माग गरेका थिए ।

किसानले प्रतिक्वीन्टल ५५६ माग गरेका थिए भने उद्योगीले ५१३ मात्र बनाउन मन्त्रालयलाई दवाव दिएका थिए । मन्त्रालयले भने दुवैको माग सम्बोधन गर्ने गरी बीचको मूल्य निर्धारण गरेको  छ ।