काठमाण्डौ । धितोपत्र बोर्डले राधी विद्युत कम्पनी लिमीटेडलाई ४ लाख १० हजार कित्ता सेयरको प्राथमिक निश्कासन(आइपीओ) गर्न अन्तिम स्वीकृति प्रदान गरेको छ । 

यो कम्पनीले ६ लाख १५ हजार कित्ता सेयर सर्वसाधारणका लागि समेत निश्कासन गर्नेछ । 

यो जलविद्युत कम्पनीलाई लमजुङ जिल्लाका आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि पहिलो चरणमा १ सय रुपैयाँ अंकित दरका ४ लाख १० हजार कित्ता सेयर आइपीओ गर्न अनुमति प्राप्त भएको हो । 

स्थानीयलाई आइपीओ जारी गरेपछि यो कम्पनीले ६ लाख १५ हजार कित्ता सेयर सर्वसाधारणका लागि समेत निश्कासन गर्नेछ । 

नवील इन्भेष्टमेन्ट बैकिङ लिमीटेड आइपीओ निश्कासन तथा बाँडफाँडका लागि बिक्री प्रबन्धक तोकिएको छ । यो कम्पनीको आइपीओलाई इक्रा नेपालले ‘आइपीओ ग्रेड थ्री’को रेटिङ दिएको छ, यसको अर्थ कम्पनीको आधारभूत कुराहरु औसत छन् भन्ने हो । 

राधी विद्युत कम्पनीले लमजुङको रादी नदीमा सन् २०१४ देखि नै ४.४ मेगावाटको जलविद्युत आयोजना संचालन गरिरहेको छ । यो कम्पनीले लमजुङमा १०.३ मेगावाटको दोर्दी १ जलविद्युत आयोजना र दोलखामा ११ मेगावाटको तल्लो खारे जलविद्युत आयोजना निर्माणको योजना बनाएको छ । यिनै दुुई आयोजनाका लागि लगानी जुटाउन आइपीओ जारी गर्न लागिएको हो ।