काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकले मुख्य र वरिष्ठसहित ७ प्रबन्धक र ७ उपप्रबन्धक मागेको छ । 

बैंकको मानव संसाधन विभागले मंगलबार एक सूचना प्रकाशित गर्दै स्थायी पदपूर्तिका लागि १४ जनशक्ति मागेको हो । 

दशौं तहको प्रशासन समूहका लागि एकजना मुख्य प्रबन्धक मागिएको छ । अर्थशास्त्र वा व्यवस्थापनमा प्रथम श्रेणीमा स्नातकोत्तर उत्तीर्ण गरी बैंक तथा बित्तीय संस्थामा अधिकृतको रुपमा १० वर्ष काम गरेको अनुभव भएकाले यो पदमा आवेदन दिनसक्ने बताइएको छ । 

यसैगरी, नवौं तहमा काम गर्ने गरी प्रशासन समूहकै लागि २ जना वरिष्ठ प्रबन्धक मागिएको छ । यो पदमा अर्थशास्त्र वा व्यवस्थापन बिषयमा प्रथम श्रेणीमा उत्तीर्ण भई ८ वर्ष बैंक तथा बित्तीइ संस्थामा अधिकृतको रुपमा कार्यरतले आवेदन दिनसक्ने छन् । 

प्रशासन समूहकै लागि आठौं तहका ३ प्रबन्धक पनि मागिएको छ । यो पदका लागि अर्थशास्त्र वा व्यवस्थापनमा प्रथम श्रेणीमा स्नातकोत्तर गरी बैंक तथा बित्तीय संस्थामा अधिकृत तहमा ६ वर्ष काम गरेको अनुभव भएकाले आवेदन दिनसक्ने बताइएको छ । 

सूचना प्रविधिमा समूहका लागि समेत एकजना प्रबन्धक मागिएको छ । कम्प्युटर, कम्प्युटर विज्ञान, कम्युनिकेसन वा सूचना प्रविधि बिषयमा स्नातकोत्तर  गरी बैकिंग सफ्टवेयरमा ८ वर्ष काम गरेको अनुभवीले यो पदका लागि आवेदन दिनसक्ने बताइएको छ । 

बैंकले प्रशासन समूहका लागि ६ र लेखाका लागि १ गरी ७ उपप्रबन्धका लागि पनि विज्ञापन खुलाएको छ । 

उपप्रबन्धकको पदमा अर्थशास्त्र वा व्यवस्थापनमा प्रथम श्रेणीमा उत्तीर्ण गरी बैंक तथा बित्तीय संस्थामा अधिकृत तहमा ५ वर्ष काम गरेकाले आवेदन दिनसक्नेछन् । लेखा समूहको उपप्रबन्धक पदमा भने चार्टर्ड एकाउन्टेन्ट उपाधि हासिल गरेकोले आवेदन दिनसक्ने बताइएको छ । 

सबै पदमा मंसिर २२ गतेसम्म  आवेदन दिइसक्नुपर्ने सूचनामा उल्लेख छ । 

आवश्यकता सम्बन्धी विज्ञापन यस्तो छ :