काठमाण्डौ । रिटायर भएपछि पनि बाराक ओबामाले ५ अर्ब रुपैयाँ भन्दा बढी आम्दानी गर्ने योजना बनाएका मिडिया रिपोर्टहरु सार्वजनिक भएका छन् । ओबामा ह्वाइट हाउसबाट निस्किएपछि पनि वार्षिक अरबौं रुपैयाँको कमाई गर्नेछन् । यसैगरी, अमेरिकाका पूर्व राष्टपति बिल क्लिन्टन जर्ज बुस पनि एक लेक्चरबाटै करोडौं रुपैयाँ आर्जन गरिरहेका छन् । आउनुहोस्, जानौं अमेरिकाका पूर्व राष्ट्रपतिहरु कसरी र कति कमाइरहेका छन् ?

बाराक ओबामा
रिटायर भएपछि बाराक ओबामा कयौं किताब लेख्ने योजना बनाइरहेका छन् । यसबाट उनले ५ अर्ब बढी रकम कमाउने योजना बनाएका छन् । न्यूयोर्क टाइम्सका अनुसार ओबामा र पत्नी मिसेल, दुवैले ठूला प्रकाशन संस्थासँग किताब लेख्नका लागि सम्झौता गर्नसक्नेछन् । यसबाट उनीहरुलाई ५ अर्ब रुपैयाँसम्मको कमाई हुने अनुमान गरिएको छ । ओबामाले आफू राष्ट्रपति रहँदा लेखेका किताबले पनि निकै ठूलो व्यापार गरेको थियो । 

जर्ज बुस


सन् २००९ मा राष्ट्रपति पदबाट रिटायर भएपछि पूर्व अमेरिकी राष्ट्रपति जर्ज बुस पब्लिक लेक्चरबाट कुस्त कमाइरहेका छन् । बुसले एउटा लेक्चरबाट मात्रै नेपाली करिब १ करोड रुपैयाँ लिने गर्छन । राष्टपति पद छाडेपछि उनले हालसम्म २ सय बढी लेक्चर दिइसकेका छन् । बुस एक वर्षमा लेक्चर तथा पब्लिक स्पीचबाट मात्र एक वर्षमा ४ लाख अमेरिकन डलरसम्मको कमाई गर्छन । 

बिल क्लिन्टन


सन् १९९३ देखि २००१ सम्म अमेरिकाको राष्ट्रपति रहेका बिल क्लिन्टनले कुनै एक ठाउँमा भाषण दिए बापत साढे २ करोड रुपैयाँ कमाई गर्छन । वासिङ्गटन पोष्टका अनुसार क्लिन्टनले यूरोपमा हालसम्म कयौं स्पीच(भाषण)हरु दिए, जसबाट उनले हालसम्म ९.३८ करोड अमेरिकन डलर कमाइसकेका छन् । क्लिन्टनले रिटायर भएपछि हालसम्म ५४२ वटा लेक्चर दिइसकेका छन् । यी सबै लेक्चरबाट उनले ६९६ करोड डलर कमाइसकेका बताइएको छ । 

जर्ज एच डब्ल्यु बुस

बिल क्लिन्टनभन्दा अघि अमेरिकाको राष्ट्रपति जर्ज एच डब्ल्यु बुस थिए । उनले १९८९ देखि १९९३ सम्म राष्ट्रपतिको पदभार सम्हालेका थिए । १९९३ मा रिटायर भएपछि उनले जापानमा दुई ठाउँमा स्पीच दिएका थिए । यसको बदलामा उनलाई २० करोड रुपैयाँ भन्दा बढी रकम दिइएको थियो । जर्ज एच डब्ल्यु बुसभन्दा पहिला अमेरिकामा रोनाल्ड रेगान राष्ट्रपति थिए, उनले समेत स्पीचको माध्यमबाट १५ करोड बढीको कमाई गरेका थिए । 

जिम्मी कार्टर


सन् १९७७ देखि १९८१ सम्म अमेरिकाको राष्ट्रपति रहेका जिम्मी कार्टर अमेरिकाका सफल राष्टपतिमध्ये एकमा गनिन्छन । रिटायर भएपछि जिम्मीले कार्टर सेन्टर स्थापना गरे । यो संगठनको माध्यमबाट कार्टरले गरीबका लागि घर लगायत कयौं प्रकारको सामाजिक काम गर्ने गर्छन ।