काठमाण्डौ । रेडियो प्रसार सेवा समिति(रेडियो नेपाल)ले विभिन्न पदमा ९१ जनाका लागि स्थायी जागिरको अवसर खुलाएको छ । 

बुधबार एक सूचना प्रकाशित गर्दै रेडियो नेपालले २१ पदमा ९१ जना जनशक्ति मागेको हो । 

उपनिर्देशकदेखि संवाददाता हुँदै कार्यक्रम सहायकसम्मका पदहरुमा इच्छुकबाट आवेदन मागिएको छ । सबैभन्दा बढी वरिष्ठ प्राविधिक सहायक पदमा २६ जना मागिएको छ । यस्तै, प्राविधिक सहायकतर्फ ११ जना, लेखापाल ७ जना, अंग्रेजी सम्पादक ६ जना, संवाददाता ५ जना लगायत मागिएको छ । 

फागुन ११ गतेको मितिले ३० दिनभित्र तथा दोब्बर दस्तुुर तिरी थप ७ दिनभित्र आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ ।

रेडियो नपालको विभिन्न पदका लागि आवश्यक योग्यता, उमेर सम्बन्धी हद तथा अन्य बिषय जान्न यो सूचना हेर्नुहोस् :