काठमाण्डौ । लक्ष्मी बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई ३८ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । 

पुस २७ गते सम्पन्न बैंकको १८३ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को खूद नाफाबाट आफ्ना सेयरधनीलाई ३८ प्रतिशत बोनस सेयर वितरणको निर्णय गरेको हो । 

यो निर्णय नियामक नेपाल राष्टबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र कार्यान्वयनमा आउनेछ । 

बैंकले नेपाल स्टक एक्सचेञ्जलाई दिएको जानकारी अनुसार प्रस्तावित बोनस सेयर प्रोफेसनल दियालो विकास बैंकको एक्वीजिसन र १०० प्रतिशत हकप्रद निश्कासनपछि वितरण हुनेछ । एक्वीजिसन र सतप्रतिशत हकप्रदको व्यवस्थापनपछि भने सो बेला कायम हुन आउने चुक्तापूँजीको १८.३९ प्रतिशत बोनस सेयर पाइनेछ ।