काठमाण्डौ । सोमबार सेयर बजार परिसूचक(नेप्से) दोहोरो अंकले घटे पनि प्रभू बैंकको २० करोड ४२ लाख बढीको संस्थापक सेयर किनबेच भएका कारण कारोबार रकम भने बढेको छ । यो दिन लगानीकर्ताहरु एकाएक म्युुचुुअल फण्डतर्फ आकर्षित भएका छन् । 

नेप्से परिसूचक ११.६३ अंकले घटी १४६६.०९ मा झरेको छ भने ५८ करोड ८७ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ । 

बित्त समूहमा झिनो बढोत्तरी देखिए पनि बाँकी सबै समूहको सूचकमा रातो पोतियो । वाणिज्य बैंक समूह ११.५४ अंकले ओरालो लाग्यो भने बिमा समूहमा १३०.०३ अंकको पहिरो गयो । विकास बैंक, जलविद्युुत, होटल र अन्य समूहमा क्रमशः ६.३, ७.०४, ७.३८ र ०.८६ अंकले ओरालो लाग्यो । बित्त समूहमा चाहि ०.८४ अंकको झिनो बढोत्तरी देखियो । 

धेरै कारोबार गर्ने कम्पनी
कुल ५८ करोड ८७ लाखको कारोबार हुँदा प्रभू बैंकको २० करोड ४२ लाखको प्रोमोटर(संस्थापक) सेयर किनबेच भयो । प्रभूू बैंकको सेयर कारोबार लामो समयसम्मको निलम्बनपछि आइतबार मात्र खुलेको थियो । कारोबार खुलेको दोश्रो दिन नै यति ठूलो परिमाणमा संस्थापक सेयर बिक्री भएको हो । 

यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओ र त्यसपछि लगानीकर्ताले पाउनसक्ने एकसय प्रतिशत बोनस सेयरको आकर्षण सोमबार पनि देखियो । यो बैंकले सोमबार पनि ५ करोड ७६ लाख रुपैयाँको कारोबार गर्यो । 

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम १ ले ४ करोड ९४ लाखको कारोबार गर्यो भने नबील ब्यालेन्स फण्ड १ ले पनि ४ करोड ७९ लाखको कारोबार गर्यो । एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड १ ले समेत १ करोड ९३ लाख बराबरको कारोबार गर्यो । धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा पहिलोपटक तीनवटा म्युुचुुअल फण्ड स्कीम पर्न सफल भए । पुसमा म्युचुुअल फण्डहरुको खूद सम्पत्ति मूल्य बढेको खबर फैलिएपछि लगानीकर्ताहरु सुरक्षित लगानीका लागि यसतर्फ आकिर्षत भएका हुन् । सेयर बजारमा अन्य कम्पनीका भन्दा म्युुुचुुअल फण्डको लगानी बढी जोखिमरहित हुने भएकोले समेत लगानीकर्ताहरु सुरक्षित लगानीका लागि यसतर्फ आकर्षिक भएका देख्न सकिन्छ । 

धेरै कमाउने र गुमाउने कम्पनी
धेरै लगानी गर्नेमा वाणिज्य बैंक र म्युुचुुल फण्डहरु अगाडि भए पनि सोमबार ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ता मालामाल भए । यो विकास बैंकको सेयर मूल्य १० प्रतिशतले वृद्धि भयो । लुम्बिनी फाइनान्स लिमीटेडको सेयर मूल्य ७.५५ प्रतिशतले वृद्धि भयो । 

सोमबार कम्पनीहरुले धेरै गुमाए । तीन कम्पनीको सेयर मूल्यमा पहिरो गयो । कर्णाली विकास बैंक, प्रभू बैंक र खानी खोला हाइडो कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा घट्यो ।