काठमाण्डौ । प्रहरीले विद्युतीय उपकरण प्रयोग गर्दै अश्लील क्रियाकलापमा संलग्न एक व्यक्तिको फेसबुक अकाउन्टभित्र १६ जिबी अशलील डेटा फेला पारेको छ।

सामान्यतया साढे दुई घण्टा लामो चलचित्रको कम्प्युटर डाटा भार दुई जिबीभन्दा कम हुन्छ । प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिले अश्लील र छद्मनाममा खोलेको फेसबुक पेजमा आवाज, दृश्य र शब्दको ठूलो भण्डार जम्मा गरेका थिए ।

लललितपुरका सुरज बस्नेतले खोलेको उच्चारण गर्न समेत नमिल्ने पेजमा महिला, पुरुष र तेस्रो लिंगीसम्मले साटासाट गरेका तस्वीर भिडियो र वार्तालापको भण्डार फेला परेको छ । उनी महानगरीय अपराध महाशाखाको हिरासतमा छन् ।

महाशाखा प्रमुख एसएसपी दिनेश अमात्यले एउटा निजी कम्पनीमा लोखापालको जागिरे रहेका बस्नेतले सामाजिक सञ्जालमा अश्लील समाग्री भण्डारण गरेको पाइएको बताए । यो खबर आजको नागरिकमा छापिएको छ ।