काठमाण्डौ । सर्वोच्च अदालतको पेशी कक्षमै लोकमानसिंह कार्कीमाथि नेत्रविक्रम चन्द(विप्लव)का दुुई कार्यकर्ताले कालोमोसो दलेपछि अदालत समेत विवादमा तानिएको छ । 

देशकै सर्वोच्च अदालतको पेशी कक्षमा पुगिसकेको संवैधानिक निकायका निलम्बित प्रमुखलाई कालोमोसो दलिएपछि कानूनी राज्यकै दुहाई दिने अदालत समेत विवादमा तानिएको हो । 

अख्तियारका निलम्बित प्रमुख आयुक्त कार्कीमाथि बिहीबार बयानका लागि अदालत पुुगेर पेशी कक्षमा गइसकेपछि पछाडिबाट झुक्याएर २ जनाले कालोमोसो दलेका हुन् । 

कालोमोसो दल्ने ती दुुई व्यक्तिले घटनास्थलमै नेकपा माओवादी जिन्दावाद भन्दै नारा लगाएका थिए । त्यहाँबाट भाग्न खोजेका उनीहरुलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको थियो । 

घटनापछि केही कानून व्यवसायीहरुले अदालत नजाँदा पनि मान्न आएन भनेर दुुष्प्रचार गरिने र मान्न जाँदा समेत सुरक्षा नभउको भन्दै खेद प्रकट गरेका छन् । 'पेशी कक्षमै यो किसिमको आक्रमण हुनुु अदालतभित्रको शान्ति सुुव्यवस्थामाथि पनि गम्भीर प्रश्न हो ।' एक कानून व्यवसायीले भने-'अझ विधिको शासनको वकालत गर्ने अदालतका न्यायमूर्तिहरु नै पेशीका लागि पुुगेका एक व्यक्तिमाथि भएको जंगली बर्बरताको प्रत्यक्षदर्शी बन्नुपर्ने दुुर्भाग्यपूर्ण अवस्था आएको छ ।'