काठमाण्डौ । २०३१ सालमा नेपाल ल क्याम्पसमा प्रमाणपत्र तह मा भर्ना भएका सर्वोच्च अदालतका वरिष्ठतम न्याधीश गोपाल पराजुलीको कक्षा रोल नम्बर ११८ हो । 

विद्यार्थीको नाम ठेगाना जन्ममिति र पिताको नाम लगायत व्यक्तित्व विवरणको अभिलेख हुने रजिष्ट्ररमा उनीसहित अन्य चार जना विद्यार्थीको विवरण छोपिएको छ ।

नेपाल ल क्याम्पसमा उनका अन्य कागजात रहेपनि एसएलसी प्रमाणपत्रको अभिलेख नरहेको स्रोतले बतायो ।

‘उहाँको अभिलेखबाट एसएलसीको मार्कसिट र क्यारेक्टर सर्टिफिकेट हराएको छ ।’ क्याम्पस प्रशासन स्रोतले भन्यो । यो खबर आजको कान्तिपुरमा छापिएको छ ।