काठमाण्डौ । वैदेशिक रोजगारीमा रहेर लगानीको राम्रो अवसर नभेटिरहेकाहरुका लागि नेपाल राष्ट्रबैंकले राम्रो अवसर ल्याउँदैछ । केन्द्रीय बैंकले विदेशमा रहेकाहरुले कमाएको रकमको सदुपयोगका लागि १० प्रतिशत ब्याजदर पाउने गरी आगामी माघ १७ गतेदेखि एकमहिने अवधिको वैदेशिक रोजगार बचतपत्रको बिक्री सुरु गर्ने भएको हो । 

आर्थिक वर्ष ०६६/६७ को बजेटमार्फत नै वैदेशिक रोजगार बचतपत्र निश्कासनको थालनी भएको थियो । त्यसपछि हरेक वर्ष रोजगारीका लागि विदेशमा गई काम गर्नेहरुबाट देशमा भित्रने रकमलाई उत्पादनशील क्षेत्रमा लगानीका लागि वैदेशिक रोजगार बचतपत्र जारी हुँदै आएको छ । यही कामलाई चालु आर्थिक वर्षमा पनि निरन्तरता दिन लागिएको हो । 

यो पटक राष्ट्रबैंकले ५० करोड रुपैयाँसम्मको बचत पत्रको बिक्री माघ १७ गतेदेखि फागुन १७ गतेसम्म खुला गर्ने छ । यो बचत पत्रमा बिदेशमा रहेर रोजगारी गरिरहेका तथा बाहिरको रोजगारीबाट नेपाल फर्किएको ४ महिना पूूरा नभएका नेपाली तथा गैर आवासीय नेपाली स्वयंले वा परिवारका सदस्यको नामबाट पनि सहभागिता जनाउन पाउँछन् । घटीमा ५ हजार रुपैयाँ र बढीमा पाँचहजारले भाग गर्दा निःशेष भाग जाने गरी आह्वान गरिएको रकमसम्म आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ । 

सरकारले आफूलाई चाहिने पूँजी संकलनका लागि यस्ता ऋणपत्र जारी गर्ने गर्छ । यो पटकको बचतपत्रमा सहभागी हुनेले १० प्रतिशत ब्याज पाउने व्यवस्था गरिएको छ । 

ब्याज दर भुक्तानी ६-६ महिनामा हुनेछ । यस्तो बचत पत्र खरिद गर्नेले ५ वर्ष (२०७८ फागुन २३ गते)मा सावा भुक्तानी पाउने नेपाल राष्ट्रबैंकको सूचनामा उल्लेख छ । यस्तो ऋणपत्र चाहेको  समयमा बिक्री गर्न तथा धितो राखेर ऋण समेत लिन सकिन्छ । यसकारण यसमा लगानी गर्नु लगानीकर्ताको हितमै हुनेछ । 

कहाँबाट खरीद गर्ने ?
केन्द्रीय बैंकले नेपालभित्र र बाहिर विभिन्न केन्द्रहरु तोकी त्यहाँबाट यस्तो बचतपत्र खरीद गर्न सकिने व्यवस्था मिलाएको छ । निम्न अनुसारको ठाउँबाट बचतपत्र खरीद गर्ने सकिनेछ :