काठमाण्डौ । नेपालबाट विश्वका धेरै देशमा विभिन्न सामाग्री निर्यात हुन्छन् तर अत्यन्तै सानो संख्यामा । त्यही सानो संख्यामा निर्यात हुने एक वस्तु हो फल्स वियार्ड अर्थात् नक्कली दाह्री ।

सुन्दा अचम्म लाग्न सक्छ तर नेपालबाट नक्कली दाह्री, आइब्रो आइलेसलगायत श्रृंगारका सामाग्री निर्यात भएको सरकारी तथ्यांकमा उल्लेख छ । 

गत आर्थिक बर्षमा नेपालबाट १ लाख ५४ हजार ५ सय रुपैयाँको यस्तो सामाग्री निर्यात भएका छन् ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकअनुसार विग, फल्स वियार्ड, आइब्रो, आइलेस र अदर शीर्षकमा ती सामाग्री निर्यात भएका हुन् ।

गत आर्थिक बर्ष नेपालबाट एक हजार ५ सय केजी कपाल निर्यात भएको छ । ५ बर्ष अघि आर्थिक बर्ष २०६८, ६९ मा उक्त शीर्षकमा १ लाख ३० हजार रुपैयाँ बराबरको तीन हजार केजी चीन र भारत निर्यात भएको तथ्यांकमा उल्लेख छ ।यो खबर आजको नागरिकमा छापिएको छ ।