काठमाण्डौ । पुष्पकमल दाहाल र बाबुराम भट्टराईदेखि मोहन वैद्य र रामबहादुर थापा बादललाई पूँजीवादमा पतन भएको भन्दै क्रान्तिकारी पार्टी बनाएका नेकपा माओवादीका नेत्रविक्रम चन्दकै पार्टीभित्र भ्रष्टाचार मौलाएको  छ ।

लोकमानसिंह कार्कीलाई भ्रष्टाचारको आरोपमा कालोमोसो दल्ने माओवादीभित्रै भ्रष्टाचारको आरोपमा केही जवर्गीय संगठनका पदाधिकारी कारवाहीमा परी पदच्यूत भएका छन् ।

विप्लवले भ्रष्टाचारको आरोपमा जनवर्गीय संगठनको नेतृत्व नै परिवर्तन गरेका छन् ।

अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष योगेन्द्र कुमार र महासचिव शंकर अधिकारीलाई आर्थिक अपचलन गरेको भन्दै बिदा दिइएको आजको दृष्टि साप्ताहिकमा खबर छ ।

कुमाललाई हटाएर महासंघको अध्यक्षको जिम्मेवारी पार्टीका केन्द्रीय सदस्य अमर झाँक्रीलाई दिइएको समाचार छ ।

त्यस्तै, पार्टी निकट अनेरास्ववियु क्रान्तिकारीका पूर्व अध्यक्ष शरद रसाइली र कोषाध्यक्ष लालबहादुर तामाङमाथि गएको वर्ष चितवनमा भएको महाधिवेशनमा १८ लाख रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ ।