काठमाण्डौ । अहिलेसम्म विश्वका कयौं धनीहरुको साथमा अरबौको सम्पत्ति छ । तर आगामी २५ वर्षभित्र बिल गेट्स विश्वकै पहिलो डलर खर्बपति हुनेछन् । 

अक्सफाम इन्टरनेशनलको एक रिपोर्ट अनुसार ६१ वर्षका विश्वकै सबैभन्दा धनी गेट्स अबको २५ सालपछि विश्वकै पहिलो डलर खर्बपति बन्नेछन् । 

सन् २०४२ पछि बिल गेट्सको सम्पत्तिले १० खर्ब डलर अर्थात १० लाख करोड डलरको उचाई चुम्नेछ । त्यसबेला गेट्स ८६ वर्षका हुनेछन् । हाल उनको सम्पत्ति ७५ अर्ब डलर रहेको छ । 

अक्सफामकाअनुसार सन् २००९ पछि बिल गेट्सको सम्पत्तिमा प्रत्येक वर्ष ११ प्रतिशतको वृद्धि भइरहेको छ । यसकारण उनी चाँडै नै विश्वको पहिलो डलर खर्बपति हुनेछन् । 

सन् २००६ मा बिल गेट्सले जब माइक्रोसफ्ट कम्पनी छाडेका थिए, त्यसबेला उनको सम्पत्ति ५० अर्ब अमेरिकी डलर थियो । २०१६ मा यो सम्पत्ति बढेर ७५ अर्ब डलरको उचाईमा पुुगेको हो ।