एजेन्सी । एक नयाँ अध्ययनका अनुसार संसारमा सबैभन्दा अग्ला महिला उत्तरी यूरोपियन मुलुक लातवियाई(Latvian)का र अग्ला पुरुष नेदरल्याण्ड्सका हुने देखिएको छ । यसैगरी, ग्वाटेमालाका महिला र पूर्वी टिमोरका पुरुष विश्वकै साना कदका हुन्छन् । 

बीबीसीका अनुसार शोध पत्रिका इलाइफमा प्रकाशित अध्ययन नतिजामा पुरुषहरुको औसत कद ६ फिट हो । तर एक औसत लातवियाई(Latvian) महिलाको कद ५ फिट ७ इञ्च हुने बताइएको छ । 

इलाइफले सन् १९१४ पछि अहिलेसम्म विश्वभरिको १८७ देशमा विकासको अवस्थाको बिषयमा गरिएको सोध प्रकाशित गरेको छ । 

शोधका अनुसार इरानी व्यक्ति र दक्षिण कोरियाका महिलाको शारिरीक विकास सबैभन्दा तीव्र गतिमा भएको छ । उनीहरुको कद पछिल्लो १ सय वर्षको अवधिमा औसतमा १६ र २० सेन्टिमिटर बढेको पाइएको छ । 

अमेरिकाको कद तालिकाको र्याकिङ चाहि घटेको अध्ययनले देखाएको छ । १९१४ मा त्यहाँ विश्वका तेश्रा सबैभन्दा अग्ला पुरुष र विश्वकै चौथी सबैभन्दा अग्ली महिला पाइन्थ्यो । आज त्यो र्याङ्क घटेर ३७ औं र ४२ औंमा सीमित बन्न पुगेको छ । 

शोधका अनुसार नेपाल, भारत, पाकिस्तान, बंगलादेश लगायतका दक्षिण एशियाली मुलुक र अफ्रिकाका मानिसको कदमा खासै बढोत्तरी देखिएको छैन । 

तर पूर्वी एशियामा चाहि निकै ठूलो परिवर्तन आएको देखिएको छ । जापान, चीन र दक्षिण कोरियाका जनताको कद १ सय वर्षको अवधिमा पहिलाको तुलनामा  निकै बढेको छ । 

वरिष्ठ वैज्ञानिक माजिक एज्जातीका अनुसार स्वास्थ्य सम्बन्धी सुविधा, सरसफाई र पोषण कदसँग जोडिएको महत्वपूर्ण कारण हो । यस बाहेक गर्भावस्थामा आमाको स्वास्थ्य तथा पोषण समेत कदमा  थपघटको महत्वपूर्ण कारण हो ।