अन्तर्राष्ट्रिय मुद्रा कोष, आइएमएफले, आर्थिक वृद्धिदर लामो समयसम्म सुस्त देखिएको भन्दै विश्व अर्थतन्त्र बारेको उस्को अनुमानलाई पुन: घटाएको छ।

आइएमएफका अनुसार विश्व अर्थतन्त्रमा ऋणात्मक जोखिमहरु बढी देखिएका छन्।

त्यसैले यो बर्ष ३.२ प्रतिशत मात्र आर्थिक बृद्धि हुने उस्को अनुमान छ।

सिरियाला संकट र त्योसंग जोडिएको शरणार्थी संकट र ब्राजील जस्ता उदाउंदा अर्थतन्त्रहरुमा देखिएको संकुचन जस्ता कारक नै विश्व अर्थतन्त्रको बृद्धिमा बाधक रहेको आइएमएफको ठहर छ।

आइएमएफका अनुसार विश्वव्यापी वित्तीय संकटपछि विश्व अर्थतन्त्रमा भैरहेको सुधार जारी रहेको छ तर त्यो एकदमै सुस्त र बढ्दो रुपमा कमजोर देखिएको छ।

बोझ

सो संस्थाले आमागी विश्व आर्थिक परिदृश्य 'बढ्दो जोखिमहरु'को बोझमा थिचिएको भनेको छ।

 

Image copyrightAFP

यो बर्षको आरम्भमा देखिएको जस्तो वित्तीय समस्या फेरि पनि बल्झीन सक्ने अनुमान आइएमएफको छ।

चीनमा एक दशकसम्म देखिएको बलियो कर्जा बृद्धि र लगानीलाई 'पहिले भएका अति' भन्दै आइएमएफले त्यस्तो अवस्थाको प्रतिकूल परिणाम पनि अब बेहोर्नु पर्ने हुनसक्ने बताएको छ।

बीबीसीका आर्थिक सम्बाददाता कमाल एहमद भन्छन्, “आइएमएफले विश्वव्यापी आर्थिक बृद्धिदर बारेको आफ्नो आकलनलाई घटाएको यस बर्ष यो दोस्रो पटक हो।“

सो संस्थाका अनुसार यो बर्ष आर्थिक बृद्धिदर ३.२ प्रतिशत रहने छ भने सन् २०१७ मा त्यो ३.५ हुनेछ।

एक बर्ष अघि मात्र त्यस्तो बृद्धिदरको पूर्वानुमान ३.८ प्रतिशत रहेको थियो।

एक प्रतिवेदन जारी गर्दै आइएमएफका प्रमुख अर्थशास्त्री मोरिस ओब्स्टफेल्डले विश्व अर्थतन्त्रको बृद्धिदरलाई 'निराशाजनक' भनेका छन्।

बीबीसीबाट