काठमाण्डौ । ठूला युद्धको क्रममा विश्व नै ध्वस्त हुने भविष्यवाणी समय–समयमा भाइरल बन्छ । यो विषयमा हलिउडमा कयौं फिल्महरु पनि बनिसकेका छन् । विश्वका अधिकांश मानिस यस्ता भविष्यवाणीलाई सस्तो अफबाह र मनोरञ्जन मसलाको रुपमा समेत लिने गर्छन् । तर अमेरिकाका केही धनाढ्य यस्तै बिषयमा उनीहरुले गरिरहेको तयारीको बिषयलाई लिएर चर्चामा छन् । यतिसम्म कि विश्वमा हुनसक्ने महाप्रलयबाट आफूलाई बचाउने तयारी समेत सुरु गरिसकेका छन् । अर्को शब्दमा भन्ने हो भने अमेरिका वा विश्वकै प्रलयपछि पनि आफूलाई जिउँदो राख्न उनीहरुले आवश्यक पूर्व तयारी सुरु गरेका छन् । 

द न्यूयार्करमा छापिएको एक लेखका अनुसार सिलिकन भ्यालीदेखि वाल स्ट्रीटसम्म त्यस क्षेत्रका उद्योग जगतका दिग्गजहरु सर्भाइवलिजम मूभमेन्टमा जुटेका छन् । यी सबै गतिविधि प्रलयको समयमा संसारका सबै मानिस मरे पनि आफूलाई भने जिउँदो राख्ने बिषयसँग सम्बन्धित छन् । अमेरिकाको चर्चित वेबसाइट रेडिटका सीइओ हफमेनले भनेका छन् कि प्रलयको समयमा केही समय बढी बाँच्नका लागि उनी तयार भएका छन् । 

लिंक्डइनका संस्थापक रीड हाफमेन तथा एक चर्चित भेञ्चर क्यापिटालिस्टका अनुसार सिलिकन भ्यालीका आधा भन्दा बढी अर्बपतिहरुले अण्डरग्राउण्ड बंकर जस्तो कुनै न कुनै सर्वनाश बिमा लिइसकेका छन् । 

यसकारण तयारी
यी अरबपतिहरुले कयौं कारणले यी काम गरिरहेका छन् भनिएको छ । हाफमेनका अनुसार केही धनाढ्यहरुलाई लागिरहेको छ कि बिस्तारै मानिसले गरिरहेको रोजगारी रोबोटलाई जिम्मा दिइनेछ । जसको गम्भीर असर भोग्नुपर्ने हुन्छ । यस्तो अवस्थामा रुसले अमेरिकामाथि यस्तो साइबर आक्रमण गर्नसक्छ, जसका कारण अमेरिका अस्तव्यस्त हुनेछ । यस्तो बेलामा महासंकटसँगै प्रलय हुने र सो बेलामा आफूहरु भने सुरक्षित भइने उनीहरुको दाबी छ । 

सान फ्रान्सिस्कोमा बस्ने फेसबुकका पूर्व प्रोडक्ट मेनेजर अन्टोनियो गार्सिया मार्टिनेजले प्यासिफिक नर्थवेस्टमा एक आइल्याण्डमा पाँच एकड जमीन खरीद गरेका छन् । जहाँ ठूलो विपदको बेला त्यहाँ उनले आनन्दले जीवन यापन गर्न सक्नेछन् । उनको यहाँको घर जेनेरेटर, सोलार प्यानल र अस्त्र सस्त्रले सज्जित छ। ५०० स्टार्टअप्सका मालिक लिआओले धनुुष विद्या पनि सिकिरहेका छन्, ताकि प्रलयको समयमा सबै कुरा ध्वस्त भए पनि धनुुष बनाएर उनले आफ्नो परिवारको रक्षा गर्न सकून् । 

ठूला-ठूला हस्ती पनि सामेल
सर्भाइवलिजम मूभमेन्टमा सामेल हुने चर्चितको सूचिमा रेडिटका कोफाउण्डर स्टीव हफमैन, याहूका पूर्व अधिकारी तथा ५०० स्टार्टअप्सका पार्टनर मार्विव लिआओ तथा अमेरिकाका कयौं शक्तिशाली व्यक्ति तथा व्यापारी समेत सहभागी छन् ।