काठमाण्डौ । विश्वका सबैभन्दा ठूला सेयर लगानीकर्ता(बादशाह) वारेन बफेटले आफ्नो कम्पनी वर्कसायर हाथ्वेका सेयरधनीहरुलाई वर्षमा एकपटक पठाउने चिठी विश्वभरको बित्तीय क्षेत्रले व्यग्र प्रतिक्षा गरिरहेको हुन्छ । बफेटले मुख्य रुपमा यो चिठीमा लगानीका लागि आफ्नो सोंचको जानकारी दिन्छन्, यहीकारण यो चिठीबाट विश्वभरका लगानीकर्ताहरुले धेरै कुरा सिक्ने अवसर पाउँछन् । त्यसो त बफेटको चिठी आम रुपमा अमेरिकी नागरिक र त्यहाँको अर्थतन्त्र तथा सेयरबजार केन्द्रीत हुन्छ, तर विश्वको अन्य क्षेत्रका लगानीकर्ताहरुले पनि उनको वार्षिक चिठीबाट धेरै कुरा सिक्न सक्छन् । आउनुहोस्, हेरौं बफेटले सन् २०१६ का लागि लेखेको चिठीका ६ महत्वपूर्ण कुरा, जुन नेपाली सेयर बजारका लागि समेत अहम् बन्नसक्छन् ।

१.मौकाको फाइदा उठाउनु
‘मेरो नाफा बढ्नुु पछाडि कुनै जादूले काम गरेको छैन, वा त्यस्तो योजना छैन । मसँग केवल ठूलो सपना देख्ने, आफैंलाई मानसिक तथा बित्तीय रुपमा तयार राख्ने क्षमता छ, ताकि समय आएपछि चाँडो भन्दा चाँडो निर्णय लिन सकियोस् । हरेक १० वर्षमा एकपटक आर्थिक आकाशमा बादल छाउँछ र यही समय जसले लगानी गर्छ, उनीहरुका लागि यहाँ सुनको वर्षा हुन्छ । म यस्तो समयको तीव्र प्रतिक्षा गरिरहेको हुन्छु।’
के पाठ सिक्ने ?
नेपालमा समेत अक्सर यस्तै भइरहन्छ । उदाहरणको रुपमा १९ सय अंक नजिक पुुगेको नेपाली सेयर बजार तरलताको चरम अभावका कारण १२ सयको स्तरसम्म आइपुुगेको घटना ताजै छ । तर निकै तल आइसकेको बजारमा सुधार पनि भइरहेकै छ । बजार निकै तल घट्दा लगानी गर्ने अवसर छोप्नेहरुले आज उच्च मुनाफा आर्जन गरिरहेका छन् । 

२.देशको भविष्यमा भरोसा राख्नुु
‘हाम्रो सिस्टम तथा प्रक्रियाले कुन हिसाबले काम गरिरहेको छ, यो बुुझ्नका लागि तपाईले अर्थशास्त्री नै भइरहनुु पर्दैन । मात्र तपाईले आफ्नो वरिपरि हेरे पुुग्छ । आज अमेरिकामा ७.५ करोड घरमा मानिस बसिरहेका छन् । देशमा २६ करोड गाडीहरु मात्र छन् । अमेरिकाको कृषि क्षेत्र मजबुत छ । यहाँका उद्योगहरु दमदार छन् । यहाँ राम्रा मेडिकल सेन्टर छन् र यहाँको विश्वविद्यालयमा क्षमतावानहरुको कुनै कमी छैन । शून्यबाट सुरु गरेर अमेरिकाले ९० लाख करोड डलरको सम्पत्ति जम्मा गरिसकेको छ ।’
के पाठ सिक्ने ?
नेपालको आर्थिक क्षेत्र पनि धेरै माथिसम्म पुुग्ने प्रशस्त संभावना छ । पर्यटन, जलस्रोतमा हाम्रो निकै ठूलो संभावना छ । पछिल्लो समय अर्थतन्त्रमा समेत राम्रै सुधार भइरहेको छ । देशमा भौतिक पूर्वाधार निर्माणको कार्य समेत अगाडि बढिरहेको छ । बाटोघाटो निर्माणको कामले पनि गति लिइरहेकै छ । विदा मनाउनका लागि विदेश जाने नेपालीहरुको संख्या समेत पछिल्लो समय बढिरहेको छ । उद्योग कलकारखानाको अवस्था समेत केही सहज बन्दै गएको छ । यस्तो अवस्थामा सेयर बजारमा लगानी गरेर लगानीकर्ताले फाइदा लिन सक्छन् । 

३.बजारको उतारचढावबाट नडराउनु
‘आउने वर्षहरुमा समेत बजारमा ठूलो गिरावट आउनसक्छ, यस्तो बेलामा यसको असर सबै क्षेत्रको सेयरमा पर्छ । यस्तो कुन बेलामा हुन्छ, कसैले बताउन सक्दैन । यस्तो त्रासको समयमा तपाईले दुुई कुरामा विशेष ध्यान दिनुपर्छ । पहिलो, मार्केट जब गिर्न थाल्छ, त्यो बेला लगानीकर्ताका लागि राम्रो समय हुन्छ, किनभने यस्तो बेलामा लगानीकर्ताले सस्तो मूल्यमा सेयर खरीद गर्ने अवसर पाउँछन् । दोश्रो, निजी डर तपाईको दुश्मन हो । यस्तो डर तपाईले मनबाट बाहिर निकालिदिनुुपर्छ ।’ 
के पाठ सिक्ने ?
यो निकै विशेष पाठ तथा दिशानिर्देश हो । आम रुपमा नेपाली लगानीकर्ता मन्दीको समयमा बजारदेखि दूरी राख्छन् र उनीहरु बुल रनको बेलामा फेरि बजारमा फर्किन्छन् । लगानीकर्ताले यो प्रवृतिलाई ठीक उल्टो बनाउनुपर्छ । सेयरमा लगानीका लागि मन्दी नै सही समय हुन्छ, किनभने यस्तो समयमै सेयर कम मूल्यमा प्राप्त हुन्छ । यसकारण तपाईले बजारमा मन्दी आएकै बेला खरिदारी गर्नुपर्छ । 

४.सस्तो उत्पादन राम्रो हुन्छ
‘कयौै स्मार्ट मानिस आज हेज फण्ड्स चलाउँछन् । तर उनीहरु निकै महंगो फिस समेत लिन्छन् । यदि आम मानिस कम मूल्यको इण्डेक्स फण्ड्समा लगानी गरे भने उनीहरुका लागि राम्रो हुुनेछ । उनीहरुले फण्ड्स अफ फण्ड्सबाट बच्नुुपर्छ ।’ 
के पाठ सिक्ने ? 
यदि दुुई वस्तुु उस्तै छन् भने जसको मूल्य कम हुन्छ, त्यही खरीद गर्नुपर्छ । उदाहरणका लागि म्युुचुुअल फण्डको इकाई रेगुलर सेयर भन्दा सस्तो हुन्छ । कम खर्चको अनुपातबाट लगानीकर्तालाई राम्रो रिटर्न प्राप्त हुन्छ । त्यसकारण सेयर बजारमा समेत कम जोखिम र कम मूल्यको सेयरमा विशेष ध्यान दिनुपर्छ । 

५.मार्केटिङको सत्यता बुुझ्ने
‘के कुनै लगानी सल्लाहकारले आफ्ना क्लाइन्टलाई एसएण्डपी ५०० मा बेस्ट इण्डेक्स फण्डमा प्रत्येक वर्ष लगानी गर्न भनेर सल्लाह दिन्छ ? यदि यस्तो हुन्छ भने यो उसका लागि आत्महत्या समान हुन्छ । यस्ता सल्लाहकार मोटो फिस लिन्छन् र हरेक वर्ष लगानीको रणनीतिमा सामान्य परिवर्तनको सुुझाव दिन्छन् । यसले यस्तो भाषामा तपाईसँग कुरा गर्छ, जसलाई बुुझ्न आम लगानीकर्तालाई मुश्किल हुन्छ ।’ 
के पाठ सिक्ने ?
नेपाली सेयर बजारका समेत धेरै सल्लाहकार तथा ब्रोकरहरु अक्सर लगानीकर्तालाई त्यस्तो सेयरमा लगानी गर्न सुुझाव दिइरहेका हुन्छन्, जहाँबाट उनीहरुलाई मोटो कमिसन प्राप्त होस् । यसकारण, कसैले फाइनान्सियल डिसीजन लिनुुभन्दा पहिला प्रोडक्टको चार्ज तथा खर्चको बारेमा पूरा जानकारी लिनुपर्छ । 

६.गुड्विलका लागि अधिक मूल्य नचुकाउनु
‘जसरी विवाहपछि अवस्था हुन्छ, त्यसैगरी विजिनेशमा पनि खरिदारीपछि कयौं आश्चर्यलाग्दा परिवर्तनहरु हुन्छन् । मैले कयौं गलत एक्वीजिसनको निर्णय लिएको छु । कतिपय कम्पनीलाई खरीदका लागि हामीले धेरै मूल्य चुकायौं ।  पछि ती कम्पनीको गुडविललाई ब्यालेन्ससिटबाटै हटाउनुुपर्यो । ती कम्पनीको गलत छनौटका कारण हाम्रो कम्पनीको बुक भ्यालूूमै नकारात्मक प्रभाव पर्यो ।’