काठमाण्डौ । केही आशंकाका बीच नेपाल राष्ट्रबैंकले चालु वर्षको आर्थिक वृद्धिदर सकारात्मक रहने भन्दै ४ कारण पेश गरेको छ । 

केन्द्रीय बैंकको अनुसन्धान विभागले कात्तिक मसान्तसम्मको समीक्षा सार्वजनिक गर्दै समग्रमा २०७३ ७४ को समग्र आर्थिक स्थिति सुदृढ हुने विश्वास व्यक्त गरेको हो । 

देशको आर्थिक विकासका लागि महत्वपूर्ण योगदान पुर्याउने कृषि र पर्यटनमा भने भारतको नोटबन्दीका कारण असर पर्ने भन्दै यही कारण लक्षित आर्थिक वृद्धिदर हासिल नहुने हो कि भन्ने आशंका जन्मिएको अनुसन्धानमा संलग्न अधिकारीहरुले बताएका छन् ।

समीक्षा रिपोर्टमा अर्थतन्त्रका अन्य सूचकहरु भने सकारात्मक रहेका र अवस्था समग्रमा राम्रै रहेको उल्लेख छ । 

राष्ट्रबैंकले कात्तिक मसान्तसम्मको अवस्थालाई अध्ययन गरी देशको अर्थतन्त्रमा सुधार हुने भन्दै पेश गरेको ४ कारण यस्ता छन्  :