काठमाण्डौ । तनहुँको शुक्लागण्डकीमा मुख्य कार्यालय रही कात्तिक अन्तिम सातादेखि राष्ट्रिय स्तरको लघुवित्त संस्थाको रुपमा कारोबारको स्वीकृति पाएको गणपति माइक्रो फाइनान्स बित्तीय संस्थाले शाखा बिस्तारलाई तीव्र पारेको छ । 

यो क्रममा यो संस्थाले पुस २७ गते नवलपरासीको कावासोती नगरपालिका वडानम्बर ३ र रामनगर गाविस वडा नम्बर १ मा २ वटा नयाँ शाखा संचालनमा ल्याएको छ । 

दुवै शाखा कार्यालयको उद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत अच्युतराज सापकोटाले गरेका थिए । 

यी २ नयाँ शाखा संख्या छोटो अवधिमा यो माइक्रो फाइनान्सले हालसम्म ८ वटा शाखा बिस्तार गरिसकेको छ । यो महिनाभित्र थप २ नयाँ शाखा कार्यालय समेत संचालनमा ल्याइने कम्पनीले जनाएको छ ।