काठमाण्डौ । शिक्षित बेरोजगारहरुलाई खुशीको खबर । काठमाण्डौ महानगरपालिकाले विभिन्न सेवामा काम गर्ने गरी ७० जना अधिकृतका लागि दरखास्त आह्वान गरेको छ। 

महानगरपालिकाले प्रशासनतर्फका ५६ सहित विभिन्न सेवा तथा समूहका लागि कुल ७० अधिकृत माग गरेको हो । 

सोमबार गोरखापत्रमा एक सूचना प्रकाशित गर्दै महानगरले १० जना प्राविधिकतर्फ, ३ जना राजश्व समूह र बाँकी एक जना लेखा समूहका लागि अधिकृत माग गरेको छ । 

प्रशासनतर्फका ५६ अधिकृत मध्ये ३० जना खुल्ला र बाँकी समावेशी कोटाका लागि छुट्याइएको छ । समावेशी कोटामध्ये महिला ८, आदिवासी जनजाति ७, मधेसी ६, दलित २, अपांग २ र पिछडिएको क्षेत्रबाट एकजना राखिएको छ । 

लेखा समूहतर्फ लेखा अधिकृत एक जना छन् भने बाँकी २ जना राजश्वतर्फ छन्। प्राविधिकतर्फ ४ जना सिभिल इञ्जिनियर, एक जना आर्किटेक, एकजना कम्प्युटर इञ्जिनियर, २ जना कम्प्युटर प्रोग्राम अधिकृत, २ जना कम्प्युटर अधिकृत, एक जना स्टक्चरल इञ्जिनियर र एकजना कम्प्युटर अधिकृत पनि मागिएको छ । 

मान्यताप्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा स्नातक गरेकोले आवेदन भर्नसक्ने व्यवस्था गरिएको छ । उमेरका हकमा पुरुषका लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र महिलाको हकमा ४० वर्ष उमेर ननाघेलेको आवेदन दिनसक्ने सूचनामा उल्लेख छ । 

इच्छुक उम्मेद्वारहरुले आगामी असोज २६ गतेभित्रमा आवेदन दिइसक्नुपर्नेछ । दरखास्त दिंदा सबै पदका लागि एकहजार र समावेशी  कोटाका लागि थप २ सय दस्तुर लाग्नेछ । 

आवश्यकता सम्बन्धी सूचनाको बाँकी विवरण हेर्न तलको फोटोमा क्लिक गर्नुहोस् ।