काठमाण्डौ । विभिन्न विषयमा डिग्री लिएर समेत बेरोजगार रहेका शिक्षित बेरोजगारहरुका लागि सुवर्ण अवसर । त्रिभुवन विश्व विद्यालय सेवा आयोगको कार्यालयले विभिन्न विषयका लागि ४९ जना प्राध्यापक र ५७ जना उपप्राध्यापक खुल्ला प्रतियोगिताबाट पदपूर्ति गर्ने भन्दै योग्यहरुबाट आवेदन मागेको छ । 

मंगलबार सूचना प्रकाशित गर्दै सेवा आयोगको कार्यालयले विभिन्न ३८ वटा बिषयका लागि प्राध्यापक र उपप्राध्यापक मागेको हो । 

प्राध्यापकतर्फ अंग्रेजी बिषयका लागि २, नेपाली बिषयका लागि ४, अर्थशास्त्रका लागि ४, राजनीतिशास्त्रका लागि ३, इतिहासका लागि २, संस्कृतिका लागि १, गृह विज्ञानका लागि १, वातावरण विज्ञानका लागि १, जल तथा मौसम विज्ञानका लागि १, रसायनशास्त्रका लागि २, माइक्रोवायोलोजीका लागि १, भौतिक शास्त्रका लागि २, वनस्पति शास्त्रका लागि २, कम्प्युटर विज्ञानका लागि १ का लागि आवेदन मागिएको छ । यसैगरी, गणित बिषयका लागि २, तथ्यांक शास्त्रका लागि १, खाद्यप्रविधितर्फ १, माइक्रोवायो टेक्नोलोजीका लागि १, प्राणीशास्त्रतर्फ २, व्यवस्थापनतर्फ ४, कानूनतर्फ २, पाठ्यक्रम तथा मूल्यांकनतर्फ १, शैक्षिक योजना तथा व्यवस्थापनतर्फ १, नेपाली शिक्षा, अंग्रेजी शिक्षा, इतिहास शिक्षा, भूगोल शिक्षा, विज्ञान शिक्षा, राजनीतिशास्त्र शिक्षा र गणित शिक्षाका लागि १/१ जना प्राध्यापक मागिएको छ । 

यसैगरी, सहप्राध्यापकतर्फ अंग्रेजी र नेपाली विषयका लागि ४/४, अर्थशास्त्रका लागि ३, राजनीतिशास्त्र र इतिहासका लागि १/१, भूगोलका लागि २, संस्कृति, समाजशास्त्र, मानवशास्त्र, जनसंख्या अध्ययन, गृहविज्ञान, वातावरण विज्ञान, जल तथा मौसम विज्ञानका लागि १/१, रसायनशास्त्रका लागि २, भूगर्भशास्त्रका लागि १, भौतिक शास्त्र र वनस्पति शास्त्रका लागि ३/३, कम्प्युटर विज्ञानका लागि २, गणितका लागि ३, तथ्यांकशास्त्रका लागि २ र खाद्यप्रविधिको लागि १ जना माग गरिएको छ । यसैगरी, प्राणीशास्त्रका लागि २, व्यवस्थापनतर्फ ५,  कानून, पाठ्यक्रम तथा मूल्यांकन, शैक्षिक योजना तथा व्यवस्थापन, नेपाली शिक्षा, अंग्रेजी शिक्षाका लागि १/१, विज्ञान शिक्षा, गणित शिक्षा, अर्थशास्त्र शिक्षा, स्वास्थ्य तथा शारीरिक शिक्षा र शिक्षाको आधारका लागि समेत १/१ उपप्राध्यापक मागिएको छ । 

आवश्यक न्यूनतम योग्यता, आवेदन दस्तुर लगायत आवश्यक अन्य जानकारी त्रिभुवन विश्वविद्यालयको सेवा आयोगको बेबसाइट www.tuservicecommission.edu.np बाट प्राप्त गर्न सकिने बताइएको छ । 

यसैबीच, त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान अन्तरगत विभिन्न ५ प्राविधिक पदहरुमा ६१ जना जनशक्ति समेत मागिएको छ । स्टाफ नर्स ५० जना, मुख्य प्राविधिक सहायक(प्याथोलोजी) ६, रेडियोलोजी ३, फार्मेसी र अक्सिजन प्लाण्ट तर्फ प्राविधिक सहायक १/१ जना मागिएको छ । यी विषयमा योग्य र इच्छुकहरुले २०७३ असार ५ गतेभित्र तथा दोब्बर दस्तुर बुझाएर असार १२ गतेसम्ममा आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ ।