काठमाण्डौ । देशको अग्रणी सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट लिमीटेडले नजिकिँदै गरेको दशैं, तिहार र छैठ पर्वको अवसर पारेर ‘चाँदी नै चाँदी’को विशेष अफर सार्वजनिक गरेको छ । 

यो अफर अन्तर्गत प्रत्येक ४० बोरा सिमेन्टको खरीदमा ‘लक्ष्मी–गणेश’ अंकित चाँदीको सिक्का ग्राहकले अनिवार्य रुपमा उपहार पाउनेछ । यो योजना सीमित स्टकका लागि देशैभरि लागू गरिएको शिवम् सिमेन्टले जनाएको छ ।

लामो समयदेखि शिवम् सिमेन्टले ओपीसी सिमेन्ट उत्पादन गर्दै आइरहेको छ । यो कम्पनीको ओपीसी सिमेन्ट निर्माणका लागि गुणस्तरीय समेत मानिँदै आएको छ । 

सन् २००९ मा हेटौडामा स्थापित शिवम् सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधियुक्त प्लान्टबाट आफ्नै चुनढुंगाको प्रयोग गरी उच्च गुणस्तरको क्लिङ्करका साथ शिवम् ओपीसी सिमेन्ट उत्पादन र बिक्रीवितरण गर्दै आएको छ । 

राष्ट्रिय गौरवका प्रमुख आयोजनाहरु जस्तै : काठमाण्डौ चक्रपथ बिस्तार परियोजना, नेपाली सेनाको सिभिल तथा भेटान्स हस्पिटल निर्माण परियोजना, विभिन्न हाइडोपावर, पुल एवम् सुरुङ निर्माण प्रोजेक्ट तथा व्यवसायिक तथा व्यापारिक कम्प्लेक्स एवम् आवासीय भवनहरुमा समेत यही सिमेन्टको प्रयोग बढ्दो रहेको कम्पनीको दाबी छ । 

शिवम् सिमेन्टले हालसम्म ISO, ISIURS जस्ता अन्तराष्ट्रिय स्तरका गुणस्तर मापदण्ड प्रमाणित तथा नेपाल गुणस्तरचिन्ह प्राप्त गरिसकेको छ ।