काठमाण्डौ। शिवम् सिमेन्टले बिरगंजमा ३ दिने ‘नो कम्प्रोमाईज’ अभियान सुरु गरेको छ । सामाजिक उत्तरदायित्वको लागि आरम्भ गरेको अभियान अन्तर्गत शिवम्ले बिरगंजका प्रमुख चोक, अस्पताल, पार्क, सडक लगायत विभिन्न ठाउँमा सन्देशमुलक ‘नो कम्प्रोमाईज’  प्लेकार्ड बोकेका व्याक्तिहरु उभ्याएको छ । आममानिसको दैनिक जिवनशैली र सोचमा सकारात्मक प्रभाव पार्न र मानिसहरुलाई जागरुक गर्ने उद्देश्यले साधारण तर संवेदनशील विषयहरु प्लेकार्डमा उठाइएको छ ।

यात्रुहरुको सुरक्षालाई ध्याानमा राखी बसपार्क, घण्टाघर र अन्य चौकहरुमा सडक अनुशासन र सुरक्षित यात्रा, जनस्वास्थ्य र दीर्घायु जिवनकालागि नारयणी अस्पतालमा स्वास्थ्य र घरिअर्वा पोखरीमा फिट्नेस्, आफ्नो शहरलाई सफा राख्न फोहोर ठाउँहरुमा सरसफाई गरौ, भन्ने लगायत आफ्नो परम्परा तथा संस्कृतिलाई बचाउन माईस्थानमा आस्था सम्बन्धित प्लेकार्डहरु राखिएका छन् ।

यस्तै कुरालाई मध्यनजर गर्दै, जसरी शिवम् सिमेन्टले क्वालिटीको मामलामा कम्प्रोमाईज गर्दैन, र मानिसहरुले पनि यी विषयहरुमा कम्प्रोमाईज गर्नु हुँदैन भन्ने सोचलाई अगाडि बढाउँन यो ३ दिने कार्यकम आयोजना गरेको कम्पनीले जनाएको छ ।