काठमाण्डौ । विभिन्न प्लान्ट राखेर घरको सजावट गर्नेहरुको संख्या धेरै छ आजकाल । मानिसहरु केही वनस्पतिहरुलाई घरमा राखेमा भाग्यवृद्धि हुने समेत ठान्छन् । तर तपाईंलाई थाहा छ, घरमा बेम्बो प्लान्ट राख्दा यसको प्रभावबाट निकै धेरै फाइदा हुन्छ भन्ने कुरा । यहीकारण, बेम्बो प्लान्टको विजिनेश बेलैमा सुरु गर्नुहोस्, राम्रो कमाई हुन्छ । यदि तपाईंले घर छेउछाउका खालि जग्गा वा सानो खेतमा समेत यसको नर्सरी लगाएर कारोबार गर्नुभयो भने यसबाट तपाईले राम्रो आर्जन गर्न सक्नुहुन्छ । 

यदि तपाईंको घर वा डेरामा ५० देखि १ सय वर्गफुटसम्मको खालि जग्गा छ भने तपाईं यो प्लान्टको नर्सरी सुरु गर्न सक्नुहुन्छ । यदि यति जग्गा समेत छैन भने गमलाबाट समेत यसको नर्सरी सुरु गर्न सकिन्छ । सुरुवातमा यसका लागि तपाईलाई १५ देखि ३० हजारसम्म रकम आवश्यकता पर्नसक्छ । यो रकम खर्च गरी तपाईंले बेम्बो प्लान्टको बिज र अन्य आवश्यक सामाग्री आरामले खरीद गर्न सक्नुहुन्छ । प्लान्ट लगाएको ३ महिनासम्मको मेहेनत र रेखदेखपछि नै तपाईंलाई राम्रो कमाई प्राप्त हुन थाल्छ ।

हिजोआज मानिसहरुको घरमा साना–साना बेम्बो प्लान्ट(बाँस) जताततै देख्न सकिन्छ, कारण यस्तो प्लान्टलाई सकारात्मक उर्जाको स्रोत मान्ने गरिन्छ । यही कारण हिजोआज बेम्बो प्लान्टको शहरी क्षेत्रमा निकै ठूलो माग छ । यसको मूल्य केही सयदेखि हजार रुपैयाँसम्म रहेको छ । यस्तो अवस्थामा बेम्बो प्लान्टको नर्सरीबाटै समेत तपाईंले लाखौं आम्दानी गर्न सक्नुहुन्छ । यसका लागि तपाईंले थोरै तालिम चाहि लिनुपर्छ । १० देखि १२ डाँठ भएको बेम्बो प्लान्ट ४ सय रुपैयाँदेखि त्यसभन्दा बढी डाँठ भएको प्लान्ट ३ हजार भन्दा बढी रुपैयाँसम्ममा बिक्री गर्न सकिन्छ । यदि तपाई प्रत्येक दिन ५ वटा प्लान्ट बिक्री गर्नसक्नु भयो भने मासिक कमाई लाख माथि पुग्नसक्छ ।

बेम्बो प्लान्टको नर्सरीका लागि वन विभाग वा अन्य नर्सरीबाट यसको कलमी(डाँठ) खरीद गर्न सकिन्छ । बेम्बो प्लान्टको नर्सरी विकासका लागि केही दिनको तालिम नै काफी हुन्छ । बाँसको डाँठको एक गुच्छाजस्तै राखेर यसमा प्लाष्टिककोले बाधिन्छ । यसपछि यसलाई पानीको भाँडामा पिँधमा काँचको टुक्रा र सफा गिटी राखी राखिदिनुपर्छ । एक महिनापछि बाँसको कलमी(डाँठ)मा मुना पलाउन थाल्छ । ध्यान राख्नुहोस्, यसलाई घाम निकै काम मात्र लागोस् ।