काठमाण्डौ । यहाँ बस्ने प्रत्येक व्यक्तिको साथमा अनिवार्य रुपमा शानदार कार र बंगला हुन्छ । सुविधासम्पन्न आधुनिक होटल र मलले भरिएको यो ठाउँमा २ हजार बढी घर छन् । यहाँ जति मानिस बस्छन्, सबै करोडपति छन् । आधुनिक र चिल्ला सडक, आकाशमा हरदम उडिरहेको हेलिकोप्टर देखिनु यो गाउँका लागि सामान्य कुरा हो । हामी विश्वका कुनै आधुनिक शहरको चर्चा गरिराखेका छैनौ, बरु यो चीनको एउटा गाउँको कुरा हो । 

विश्वको सबैभन्दा धनी गाउँमध्येको एक चीनको जिंयाग्सुु प्रान्तमा अवस्थित यो गाउँमा बसोबास गर्ने प्रत्येक व्यक्तिको बैंक खातामा १ करोड ३६ लाख रुपैयाँ अनिवार्य बचत हुुन्छ । यहाँ बस्ने हरेकको साथमा एक शानदार कार र सुविधासम्पन्न आधुनिक बंगला पनि छ । यहाँका बासिन्दाको तलब लाखौं रुपैयाँ रहेको छ । यो गाउँले विश्वका ठूला र आधुनिक कयौं शहरहरुलाई समेत माथ खुवाइदिन्छ । 

तर यो गाउँमा बस्ने व्यक्ति त्यसबेलासम्म मात्र करोडपति हुन्छ, जुनबेलासम्म उसले यो गाउँ छाड्दैन । जुन दिन यो गाउँको कुनै व्यक्ति गाउँ छाडेर अन्यत्र बस्ने सोच्दछ, त्यही दिनदेखि ऊ धनीबाट गरीबमा झर्नुपर्छ । 
यो गाउँले आफूूलाई धनी कायम राखिराख्न निकै ठूलो खर्च गर्छ । यही कारण जुन दिन तपाईं यो गाउँको निवासी बन्नुहुन्छ, त्यही दिन तपाईंलाई स्थानीय अधिकारीहरुको तर्फबाट कार र बंगला उपलब्ध गराइन्छ । 

यसरी सुविधासम्पन्न भइराख्छ यो गाउँ
सांघाईदेखि २ घण्टाको दूरीमा रहेको यो गाउँको सफलताको अन्दाजा लगाउन समेत गाह्रो छ । सन् २००३ मा यो गाउँको वार्षिक आय १६ हजार करोड भन्दा बढी रहेको थियो । चीनको फाइनान्सियल तथा इकोनोमिक पब्लिसिङ हाउसको तर्फबाट सन् २०१४ मा प्रकाशित इकोनोमिक स्ट्रेटेजी र प्राक्टिस अफ मोडर्न चाइना नामको किताबमा बताइएको छ कि यो गाउँमा स्टील उत्पादन, टेक्सटाइल र कपडा उत्पादनको विजिनेश खूब चल्छ । यही विजिनेशका कारण यो गाउँलाई विश्वका अन्य गाउँ वा चीनकै पनि कयौं गाउँ भन्दा भिन्न बनाइदिएको छ । सन् २०१५ मा यो गाउँको तर्फबाट घोषणा गरिएको थियो कि यहाँ बसोबास गर्ने प्रत्येक निवासीको तलब वार्षिक १६ लाख रुपैयाँ भन्दा बढी पुर्याइएको छ । 

कारको होइन, हेलिकोप्टरको ट्याक्सी चल्छ !
जिंयाग्सुु प्रान्तमा अवस्थित हुुआग्जी गाउँमा जब तपाई प्रवेश गर्नुहुन्छ, तब तपाईंलाई यहाँ विश्वमा रहेका तमाम ती आधुनिक सेवासुविधा प्राप्त हुुन्छन, जसको बारेमा तपाईंले केवल सुनेको मात्र हुनुपर्छ । 

यहाँ इन्टरनेशनल लग्जरी लङ विश नामको होटल रहेको छ । ८२६ भन्दा बढी कोठा रहेका यो होटलमा १६ भन्दा बढी प्रेसिडेन्सियल स्वीट्स रुम रहेका छन् । यी कोठाको एक रातको भाडा १३ लाख रुपैयाँ रहेको छ । त्यति मात्र होइन, यदि तपाई यो गाउँ डूल्न चाहनुुहुन्छ भने तपाईंलाई यहाँ भाडामा हेलिकोप्टर ट्याक्सी प्राप्त हुनेछ । हेलिकोप्टर ट्याक्सीको मद्दतबाट केही मिनेटमै तपाईले यो गाउँको सयर गर्न सक्नुुहुन्छ । 

अर्बौ लगानीमा अग्लो टावर
सबैभन्दा धनी गाउँको प्रतिष्ठा जोगाउनका लागि यो गाउँले वार्षिक करोडौं रुपैयाँ खर्च गर्ने गर्छ । यो गाउँको प्रशासनले सन् २०११ मा ४८ अर्ब रुपैयाँ खर्च गरेर एक शानदार टावर खडा गरिदिएको थियो । ७२ तला अग्लो भवनको नाम ह्यागिङ भिलेज अफ हुुआक्जी दिइएको छ । यसको लम्बाई ३२८ मिटर  रहेको छ । यो ३२४ मिटर लामो एफिल टावरभन्दा ४ मिटर अग्लो, न्यूूयोर्कको चर्चित क्रिसलर बिल्डिङ भन्दा ९ मिटर तथा लण्डनको शार्ड टावरभन्दा १८ मिटर अग्लो रहेको छ । 

यस अलावा यहाँ एक शानदार थिम पार्क समेत रहेको छ । यो पार्कमा तपाईंले चीनको पर्खाल, पेरिसको एफिल टावर तथा विश्वभरिका चर्चित महल तथा टावरको नमूना हेर्न पाउनुहुन्छ ।  यो पार्कमा विश्वभरका गगनचुम्बी महल दुरुस्तै उतारिएको छ । 

किन यति धेरै धनी होला यो गाउँ ?
यो गाउँलाई चीनको सत्तारुढ कम्युनिष्ट पार्टीको विकासको एक उत्कृष्ट नमूना मानिन्छ । कतिपय चाहि यसलाई कम्युनिष्ट सरकारले तयार गरेको प्रोपोगाण्डाको संज्ञा समेत दिन्छन् । यो गाउँकै माध्यमबाट चीनले विश्व जगतलाई आफू विकासको कुन रफ्तारमा दौडिरहेको छु भन्ने कुरा समेत देखाउने गरेको कतिपयले बताउँछन् । 

इकोनोमिक स्ट्रेटेजी तथा प्राक्टिस अफ मोर्डन चाइना नामको किताबमा उल्लेख गरिए अनुसार १९७० मा चीनमा सांस्कृति क्रान्ति भएपछि यस्तो निर्णय लिइयो, जसले यो गाउँको मुहार नै फेरिदियो । 

१९७० मा प्रान्त सरकारले आफ्नो ३० गाउँहरुलाई खेती मात्र गर्नका लागि प्रतिबद्ध बनाइदियो र अन्य कामदारहरुलाई बल्दो अवस्थामा रहेको उत्पादनमूलक उद्योगहरुमा लगाइदियो । उत्पादनमूलक क्षेत्रको केन्द्र बनेपछि हुुआक्जी अन्य गाउँ तथा शहरको तुलनामा अगाडि बढ्यो  र यो गाउँ हेर्दा हेर्दै सबैभन्दा धनी बन्न पुुग्यो । 

गाउँ छाड्ने यसरी हुन्छ गरीब
हुुआक्जीमा बसोबास गर्ने र काम गर्ने व्यक्तिहरुलाई अधिकारीहरुको तर्फबाट विभिन्न सुविधाहरु प्राप्त हुन्छन् । तर यी सुविधा(वेलफेयर) त्यतिबेलासम्म मात्र लागूू हुन्छ, जबसम्म कोही व्यक्ति यो गाउँमा बसिरहन्छ । यस अलावा यहाँको तलब र बोनसको सिस्टम पनि यस्तो छ कि गाउँ छाडेर जानेहरुले केही पनि पाउँदैनन् । यो गाउँमा रहेका कम्पनीमा काम गर्नेहरुले आफ्नो तलबको ३० प्रतिशत मात्र रकम पाउँछन् । यस अलावा कम्पनीको तर्फबाट दिइने बोनस(जुन तलब भन्दा कयौं गुणा बढी हुन्छ), कम्पनीको सेयरमा रुपान्तरण हुन्छ । सेयरलाई बिक्री गर्न पाइन्न । 

सामान्य भाषामा भन्दा यो गाउँमा बस्ने तथा काम गर्ने मानिसहरुको अधिकांश सम्पत्ति यहाँको प्रशासनको नियन्त्रणमा हुन्छ । यदि कसैले गाउँ छाड्छ भने उसले केही लैजान पाउँदैन र उसलाई दिइएको सेवासुविधा देखि सामान, कार तथा बंगला समेत खोसिन्छ । 

सम्पन्नताको राज गोप्य राख्छ यो गाउँ
यो गाउँलाई निकै गोप्य गाउँ समेत भनिन्छ । किनभने यो गाउँमा कुनै पनि पत्रकार वा एजेन्सीहरुलाई अनुमतिबिना प्रवेश गर्न दिइन्न । यो गाउँका मानिसहरुसँग भएको पैसा प्रयोग गर्न समेत यो गाउँमा बन्देज लगाइने समाचार पनि बेला बेला बाहिर आउने गरेका छन् । 

चीनका कतिपय अखबारले लेखे अनुसार यो गाउँका मानिसलाई निकै कठोर अनुशासनमा राखिएको हुन्छ, यही कठोरतन्त्रका कारण पछिल्लो समय कतिपयले यो गाउँ धमाधम छाडिरहेका छन् । तर ती मिडिया रिपोर्टहरुमा कत्तिको सत्यता छ भन्ने कुरा चाहि भन्न मुश्किल छ । रमाइलो त यो छ कि एकातर्फ यस्ता रिपोर्ट बाहिर आइरहन्छन्, तर विपरीत यो गाउँले दिन दुुई गुणा रात चौगुणा एकपछि अर्को गर्दै प्रगति माथि प्रगति गरिरहेको छ । धनीमाथि थप धनी बनिरहेको छ । 

संसारकै धनी गाउँका रोचक फोटो हेर्नुहोस् :