काठमाण्डौ । गुल्मी – गुल्मी छत्रकोट गाउँपालिका ६ दौंघाका बासिन्दा प्रतिलिटर २ रुपैयाँमा टयाक्टरबाट पिउने पानी खरिद गर्न बाध्य छन् ।

दौंघामा सक्नेले किनेर खाने गरे पनि विपन्न समुदाय पोखीकै पानी पिउन बाध्य भएको गुनासो गर्छन् ।

‘सक्नेले तल गैरीखुट्टाबाट १ हजार लिटरलाई दुई हजार १ सय रुपैयाँ तिरेर टयाक्टरबाट ल्याएर खाने गरेका छन् ।’

दौंघाका पूर्वगाविस सचिव जुद्धबहादुर पछाईँले भने, ‘बर्षौदेखि यहाँको खानेपानी समस्या कहिल्यै सुल्झिएन ।’यो खबर आजको कान्तिपुरमा छापिएको छ ।