काठमाण्डौ । सगरमाथा फाइनान्स लिमीटेडले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा खूद नाफातर्फ राम्रो प्रगति हासिल गरेको छ । 

यो फाइनान्सले अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासमा ३ करोड ५ लाखमा सीमित रहेको नाफालाई यो वर्ष बढाएर ५ करोड ६१ लाखको उचाईमा पुर्याएको हो । 

अघिल्लो वर्षको दोश्रो त्रैमासमा ६ करोड ५ लाख रहेको खूूद ब्याज आम्दानी बढेर ८ करोड २७ लाख पुुगेको छ भने प्रतिसेयर आम्दानी पनि बढेको छ । 

अघिल्लो वर्षको ६ महिनाको अवधिमा यो फाइनान्सको प्रतिसेयर आम्दानी १९ रुपैयाँ २० पैसा रहेकोमा यो वर्ष बढेर ३० रुपैयाँ ४३ पैसा पुुगेको हो । 

३.८७ प्रतिशतमा रहेको खराब कर्जा दरलाई घटाएर २.६५ मा झारिएको पाइएको छ भने यो फाइनान्सको प्रति सेयर नेटवर्थ १७२ रुपैयाँ ८३ पैसा र मूल्य आम्दानी अनुपात ८.२२ गुणा कायम भएको छ । 

यो फाइनान्सको चुक्तापूँजी ३६ करोड ९२ लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा २६ करोड ८९ लाख रुपैयाँ जम्मा भएको छ ।